मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

एमाले कैलालीको नेतृत्व चयनका लागि पाँच दिनपछि मतदान

Ujyalosandeshonline 12444+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

धनगढी । नेकपा एमाले कैलाली कमिटीको नवौँ जिल्ला अधिवेशनमा पाँच दिनपछि शुक्रबार मतदान हुँदैछ । अधिवेशनको गत आइतबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । तर यसबीचमा सर्वसहमतिको प्रयास भन्दै पाँच दिनसम्म अलमल गरिएको थियो । प्रतिनिधिहरु विरोधमै उत्रिन थालेपछि शुक्रबार मतदान भइरहेको हो । 

अधिवेशन उद्घाटन भएपछि छैटौँ दिन शुक्रबार विहानबाट मतदान सुरु भएको हो । अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डे चुनावी मैदानमा छन् । आज पहिलो मत अध्यक्षका उम्मेदवार पाण्डेले दिएका थिए । त्यसपछि जोशी र ढुङ्गानाले मत दिए ।

उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् । चन्द यज्ञराज ढुङ्गाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन् । उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार