मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

सरस्वती र सत्यनारायण स्कुल सेमिफाइनलमा

Ujyalosandeshonline 12320+ समाचार ( )
९ फाल्गुन २०८०, बुधवार

विराटनगर  । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र सत्यनारायण स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको पहिलो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित निर्धारित २० ओभरमा २ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच अविजित यादवले अविजित ७१  रन बनाउँदा अविशेक यादवले ३३ रनमा अविजित रहे । आदर्शका सौरभ राँयले २ विकेट लिए ।

१ सय ५० रनको लक्ष्य पछ्याएको आदर्शले पुरै ओभर खेल्दै ८ विकेट गुमाई  १ सय १० रन बनायो । जस्मा प्रभास यादवले ३९ रन बनाउँदा आशिष राँयले २३ रन बनाए । सरस्वतीका आयुस सेन्चुरीले २ विकेट लिए ।

दोस्रो खेलमा सत्यनारायण स्कुलले न्यू मून स्कुललाई २९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २२ रनको योगफल तयार पारेको थियो । जस्मा आनन्दकुमार साहले सर्वाधिक २३ रनको योगदान दिए । न्यु मूनका सहवाज आलमले ३ विकेट लिए ।

१ सय २३  रनको विजयी लक्ष्य पाएको न्यू मुनले निर्धारित ओभर खेल्दै ७ विकेट गुमाई ९३ रनमा सिमित भयो । जस्मा साहिल आलमले २० रनको योगदान दिए । सत्यनारायणका म्यान अफ म्याच सोनुकुमार सिंहले सर्वाधिक २ विकेट लिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार