मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि

Ujyalosandeshonline 12614+ समाचार ( )
११ श्रावण २०८१, शुक्रबार

काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएपनि फुटबल लगायतका केही खेलहरु भने यसअघि नै सुरु भइसकेका छन् । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार हुने उद्घाटन समारोहको तयारी पूरा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तर ओलम्पिकको उद्घाटन समारोहमा वर्षाले ठूलो बाधक बन्न सक्ने अनुमान गरिएको छ । पेरिस ओलम्पिकको उद्घाटन समारोहमा सेइन नदी छेउछाउ पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

फ्रान्सको मौसम विज्ञान विभाग, मेटियो फ्रान्सले शुक्रबार पानी पर्ने भविष्यवाणी गरेको छ । दिउँसो मौसम सफा हुने भएपनि उद्घाटन कार्यक्रम हुने भएकाले साँझ फेरि पानी पर्ने सम्भावना छ । तर पानी परे पनि उद्घाटन कार्यक्रम निर्धारित समयमै हुनेछ ।

पेरिस ओलम्पिकमा एक सय २८ वर्ष पुरानो कीर्तिमान तोडिन लागेको छ ।  ओलम्पिक इतिहासमा एक सय २८ वर्षदेखि उद्घाटन समारोह रंगशालामा मात्रै हुने गरेको छ ।

पेरिसमा पहिलो पटक उद्घाटन समारोह रंगशालामा नभई नदीको किनारमा हुन लागेको हो । आधुनिक ओलम्पिक १८९६ मा सुरु भएयता उद्घाटन समारोह रंगशालामा गर्ने चलन थियो ।

सामान्यतया, खेलाडीहरू परम्परागत रूपमा मार्च गरेर स्टेडियममा प्रवेश गर्छन् । तर पेरिस ओलम्पिकमा, सहभागी १० हजार पाँच खेलाडीहरू सीन नदीमा छ किलोमिटरको परेडमा ९० भन्दा बढी डुङ्गाहरूमा सवार हुनेछन् ।

यस अवधिमा सेन नदीको किनारमा सयौं दर्शकहरू उपस्थित हुनेछन् । यी सबै बाहेक धेरै ठूला सेलिब्रेटीहरू त्यहाँ प्रदर्शन गर्ने छन् ।

ओलम्पिकको उद्घाटन समारोहमा चर्चित गायिका लेडी गागा र सेलिन डियोन पनि प्रस्तुति दिनेछन् । पेरिस ओलम्पिकमा नेपालमा ४ खेलका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । 

एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।

टेबलटेनिसका स्यान्टुले मात्र छनोट चरण पार गरेर पेरिस ओलम्पिक खेल्दा अरुले बाँकी ६ खेलाडीले वाइल्ड कार्डमाफर्त ओलम्पिकमा सहभागीता जनाउन लागेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार