मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

कालीदास बाबाको घोषणा : नेपाललाई हिन्दु राष्ट्र बनाउन अन्तिमसम्म लड्छु

Ujyalosandeshonline 12321+ समाचार ( )
४ भाद्र २०८१, मङ्गलबार

काठमाडौं । भारतक प्रसिद्ध धर्मगुरु कालीदास बाबा(स्वामी १००८ कृष्णानन्द जी महाराज)ले नेपालका नेताहरु ले पशुपतिमा गएर चन्दन लगाउने र संसदमा गएर धर्मनिरपेक्षताको माग अस्वभाविक भएको बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले नेताहरु आफूलाई भेट्न पशुपति कोटिहोममा गएर चन्दन लगाएको उल्लेख गरे । उनले चन्दन लगाएर संसदमा जाने अनि धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोध गरेको जानकारी दिए ।

उनले भने,‘पशुपतिमा धेरै नेता वा सांसदहरु आउनुभयो । मंैले उहाँहरुलाई भने यहाँ आएर चन्दन लगाएर संसदमा गएर धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोध गरेको छु ।’

उनले अहिले नेपालमा बिभिन्न अनैतिक काम र भ्रष्टाचार भइरहेको कारण राष्ट्र जर्जरको अवस्थामा रहेको बताए । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि अन्तिम साससम्म लड्ने उनको प्रतिवद्धता छ ।

उनले भने,‘आज राष्ट्रमा बिभिन्न अनैतिक, दुराचार, भ्रष्टाचार र अत्तिचार भइरहेको छ । नेपाल राष्ट्र जर्जर भएको अवस्था छ । आज देशका नेताहरु धर्मनिरपेक्षता चाहिन्छ भनेर लागि परिहेका छन् । मेरो पहिले पनि नेपाल आमा के भन्छिन्,हिन्दु राष्ट्रले भन्छ–‘धर्म निरपेक्षता चाहिँदैन् ,गाई काट्न पाईँदैन’ भन्ने नारा थियो । त्यो नारा आज पनि मजबुद् छ । जबसम्म नेताहरुले हिँदु राष्ट्र घोषणा फेरि गर्नुहुन्न तबसम्म एक थोपा रगत रहेसम्म कालिबाबा नेपाललाई छाड्ने छैन् ।’

उनले आफुले हिन्दु गणतन्त्र नचाहेर हिन्दु बौदिक सनातन धर्म नै चाहिएको भन्दै यदी त्यो भएन भने शन्तिपूर्ण आन्दोलनमा समेत उत्रिने चेतावनी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार