मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

नेपाल प्रहरी श्रीमती संघद्वारा बाराका विपन्न परिवारलाई न्यानो कपडा वितरण

Ujyalosandeshonline 12461+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

बारा । नेपाल प्रहरी श्रीमती संघले बारा जिल्लाका अति विपन्न परिवारहरूलाई न्यानो कपडा (कम्बल) वितरण गरेको छ । संघले बाराको महागढीमाई नगरपालिका र करैया गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने दुई सय जना अति विपन्न परिवारलाई बढ्दो जाडोबाट बच्न सहयोग स्वरूप कम्बल वितरण गरेको हो ।

नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष नविना खत्री कार्कीको प्रमुख अध्यक्षतामा सम्पन्न भएको उक्त राहत वितरण कार्यक्रममा नेपाल प्रहरीका संगठन प्रमुख, प्रहरी महानिरीक्षकको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी र प्रहरी परिवारले समाजका दीनदुःखीलाई सहयोग गर्नु सराहनीय कार्य भएको बताएका थिए ।

कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया तथा नेपाल प्रहरी श्रीमती संघका सचिव (प्रशासन) एवं मधेश प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष वरुणा बडाल थपलियाको उपस्थिति रहेको थियो । साथै, स्थानीय सरकारको तर्फबाट महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादव र उपप्रमुख तारा देवी कानुको समेत विशेष सहभागिता थियो । उक्त अवसरमा अन्य प्रहरी कर्मचारीहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न सञ्चार माध्यमका संचारकर्मी तथा स्थानीयहरूको समेत उपस्थिति रहेको थियो । चिसो मौसममा न्यानो कपडा प्राप्त गरेपछि लाभान्वित विपन्न परिवारहरूले खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार