मुख्य समाचार
नेपालगन्जमा स्पा सञ्चालक पक्राउ | पर्यटन प्रवर्द्धन गर्न साँत बुँदे घोषणापत्र जारी | गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते | पोखरा–जोमसोम हवाई उडान पुनः सुरु | स्वीस सरकारबाट नेपालको ‘टिभेट’ सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता | सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग | प्रतिनिधिसभाः ‘छोरी बचाउन राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न माग | उपल्लो मुस्ताङ जाँदै पर्यटक | सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन | बेलहिया सीमा क्षेत्रमा प्रहरीको कारबाही: कारसहित साढे ३१ लाखको सामान बरामद |

अवैध रुपमा संचालनमा रहेको औषधी पसलमा तलाबन्दी

Ujyalosandeshonline 12132+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

रौतहट । रौतहटको चन्द्रपुरमा रहेको केही औषधी पसल अवैध रुपमा संचालनमा रहेको पाइएको छ । औषधी व्यवस्था बिभागको शाखा कार्यालय वीरगंजबाट आएको अनुगमन टोलीले अनुगमनका क्रममा फेला परेको हो । 

अनुगमन टोलीले चपुर सिटी अस्पतालको औषधी पसल, डल्फीन फार्मेसी, आयु मेडिकल हल अवैध रुपमा संचालनमा रहेको पाइएपछि तालाबन्दी गरेको हो ।

यस्तै हाईवे ट्रमा सेन्टरमा रहेको औषधी पसलमा पनि ताला लगाएको छ । फार्मेसीको दर्ता नभएको र आवश्यक कागजपत्र देखाउन नसकेपछि ताला लगाएर अनुसन्धानको लागि संचालक लाई बिभागमा हाजिर हुन भनिएको शाखा कार्यालय बिरगंजका प्रमुख अरबिन्द बानियाले जानकारी दिए । उनीहरुलाइ औषधी ऐन २०३५ अनुसार कारवाही हुने उनको भनाइ छ । 

केहि औषधी पसलहरुलाइ कागजपत्र नवीकरण गर्नेको लागि सात दिनको समय दिएको र औषधी व्यवस्था बिभाग वीरगंज शाखाका सम्पर्क राख्न समेत जानकारी गराइएको बानियाले बताए  । रौतहटका करिब दुई दर्जन भन्दा बढी औषधी पसलको अनुगमन गरेको र दोषीलाई कडा भन्दा कडा कारवाही गरेर छाडने औषधी व्यवस्था बिभागको शाखा कार्यालय वीरगंजले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार