मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

पाल्पाको रैनादेवी छहरामा प्रहरी सेवा र नागरिकका गुनासा सम्बन्धी नागरिक सुनुवाई सम्पन्न

Ujyalosandeshonline 12552+ समाचार ( )
३० फाल्गुन २०८२, शनिबार

पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा प्रहरी सेवा, सुविधा र कार्यसम्पादनका विषयमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । रैनादेवी छहरा गाउँपालिका, जिल्ला प्रशासन कार्यालय पाल्पा र जिल्ला प्रहरी कार्यालय पाल्पाको संयुक्त सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ४ छहरास्थित गाउँपालिका कार्यालयको सभाहलमा आयोजना गरिएको यस कार्यक्रममा विशेषगरी प्रहरी कार्यालयबाट प्रवाह हुने सेवा सुविधाहरू र प्रहरीका गतिविधिहरूका बारेमा छलफल भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पंजियार थारुले नागरिकका गुनासा तथा सुझावहरू सुन्नुका साथै प्रहरी सेवालाई थप उत्तरदायी र प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गर्नुभएको थियो ।

कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराई, पाल्पाका प्रमुख जिल्ला अधिकारी बिनु कुवर बज्राचार्य र सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीको उपस्थिति रहेको थियो । यसैगरी, उक्त नागरिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू, वडा सदस्यहरू, स्थानीय समाजसेवी, बुद्धिजीवी वर्ग तथा स्थानीय सर्वसाधारणको सहभागिता रहेको थियो । स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गर्न, नागरिकका समस्या प्रत्यक्ष रूपमा सुन्न र प्रहरी–नागरिक सम्बन्धलाई थप प्रगाढ बनाउन यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार