मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

चुरे क्षेत्रको दोहन नरोके तराईमा पानीको हाहाकार हुनेछ : मन्त्री सुडी

Ujyalosandeshonline 11874+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

काठमाडौं । वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले वातावरण संरक्षणको सुनिश्चितता अत्यावश्यक भएकाले यसको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । उनले मानव दोहन र प्राकृतिक क्षयीकरणको मारमा परेको चुरे क्षेत्र विनाशलाई नरोके तराई सुख्खापन र पानीको हाहाकारको मारमा पर्ने भएकाले चुरे संरक्षण अभियानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

बुधबार ललितपुरमा विश्व वातावरण दिवसको अवसर पारेर आयोजित कार्यक्रममा मन्त्री साहले भने, ‘वातावरण संरक्षण हाम्रो साझा जिम्मेवारी हो । यो विषय केवल सरकार, गैरसरकारी संस्था वा सीमित व्यक्तिहरुको मात्र चासोको विषय होइन । वातावरण संरक्षण हाम्रो भविष्य र सन्ततिका लागि र सम्पूर्ण जीवजन्तु तथा वनस्पतिहरुको संरक्षणका लागि अत्यावश्यक छ ।’

उनले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधतामा आएको ह्रास जस्ता विविध समस्याका कारण वातावरणमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै उनले यी समस्या समाधान गर्न सबैको एकता र सहकार्य अत्यावश्यक भएको बताए ।

यस्तै, उनले जलवायु परिवर्तनको असरबाट नेपालमा हिमाल पग्लिदै गैरहेको, नदीहरु सुक्न थालेको, वनमा डढेलो बढेको र त्यसले कृषिमा आधारित जनजीवन र जैविक विविधतामा गम्भीर असर पुर्याईरहेको भन्दै यसको सामना गर्न दिगो विकासका सिद्धान्तलाई आत्मसाथ गर्नु जरुरी भएको बताए ।

पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना गर्नु वातावरण संरक्षणको मुख्य अंग भएको बताउँदै उनले  विनास भएका वन क्षेत्रको पुनस्र्थापना, जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले चुरे क्षेत्रमा जलवायु परिवर्तन र मानविय दोहनले गर्दा निकै असर पुगिरहेको भन्दै तराईमा भविष्यमा हुने पानीको हाहाकारलाई जोगाउनुपर्नेमा जोड दिए ।

‘जलवायु परिवर्तनको कारण मानवीय गतिविधि चुरे क्षेत्रमा बढ्दा चुरे क्षेत्र विनासको चपेटमा परेको छ । प्राकृतिक रुपमा पनि क्षयीकरण भैरहेको चुरे क्षेत्र मानवीय गतिविधि र खानीजन्य पदार्थको उत्खनन्ले तराईमा अब पानीको हाहाकार हुने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा चुरे संरक्षण र जल पुनर्भरण कार्यक्रम ल्याउन जरुरी छ ।’  उनले थपे, ‘सरकारले वन संरक्षण, जलवायु अनुकूलन योजना, विपद् व्यवस्थापन नीति र हरित विकासका नीतिहरुमार्फत दिगो विकासका मार्ग अवलम्वन गरेका छौं । यसमा राष्ट्रिय प्रकृति संरक्षण कोष जस्ता संस्थाहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ । यो प्रयासलाई सफल बनाउन सबै तहका मानिसहरुको सक्रिय सहभागिता जनाउन सबैलाई अपिल गर्दछु ।’  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार