मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

भैरहवा भन्सारका समस्याले सास्ती, तत्काल समाधान गर्न उद्योगीको आग्रह

Ujyalosandeshonline 11768+ समाचार ( )
२५ असार २०८२, बुधवार

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुले भैरहवा भन्सारमा भोग्नुपरेका अनेकौं समस्याबारे गुनासो गरेका छन् । भन्सार सहजीकरणका लागि आयोजित कार्यक्रममा व्यवसायीले उठाएका जायज माग सम्बोधन गर्ने प्रमुख भन्सार अधिकृतले प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले भन्सारमा सर्भर डाउन हुने, कर्मचारीबाट हुने ढिलासुस्ती, पार्किङमा हुने विलम्ब, बैंकिङ प्रणालीको झन्झट तथा भन्सार कार्यालय र अन्नपूर्ण टर्मिनलबीच समन्वयको अभाव जस्ता समस्याले वस्तुको उत्पादन लागत बढेको र आर्थिक नोक्सानी व्यहोर्नुपरेको बताए ।

संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले नेपालको प्रमुख भन्सार नाका भएकाले यसलाई व्यवस्थित बनाउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिए । भन्सार एजेन्ट संघका अध्यक्ष मधुप्रसाद पन्थीले अन्य नाकामा नभएको ओभरलोडको नियम यहाँ लगाएर व्यवसायीलाई अन्यत्र धपाउन खोजिएको आरोप लगाए । त्यस्तै, पर्यटन व्यवसायी कैलाश गुप्ताले पुरानो प्रविधिका कारण भारतीय पर्यटकले सीमामा अनावश्यक दुःख पाएको गुनासो गरे ।

कार्यक्रममा उठेका गुनासाको जवाफ दिँदै प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले व्यवसायीका जायज मागलाई तत्काल समाधान गर्न प्रयास गर्ने बताए । उनले भन्सारको ‘आशिकुडा सफ्टवेयर’मा देखिने समस्या प्राविधिक भएको र यसलाई क्रमशः सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार