मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |
मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |


“राजनीतिलाई जागिर बनाउनु हुँदैन, यो त निस्वार्थ सेवा हो" – अकबाल खान

विवेक विश्वकर्मा 26+ समाचार ( )
१ पौष २०८२, मङ्गलबार

रूपन्देहीको रोहिणी गाउँपालिका–२, खुरुहुरिया निवासी ६३ वर्षीय अकबाल खान लामो समयदेखि समाजसेवा र राजनीतिमा सक्रिय नाम हो । पञ्चायती व्यवस्थादेखि बहुदल र गणतन्त्रसम्मको राजनीतिक परिवर्तनका साक्षी खानले थुप्रै चुनावी अनुभव संगालेका छन् । २०४६ सालदेखि नेपाली कांग्रेसमा निरन्तर क्रियाशील उनी हाल पार्टीको जिल्ला सदस्य हुनुहुन्छ । राजनीतिक पदमा हार र जित दुवै व्यहोरेका खान अहिले देवदह साझेदारी वनको अध्यक्षको रूपमा वन संरक्षण र व्यवस्थापनमा सक्रिय हुनुहुन्छ । प्रस्तुत छ, उहाँको राजनीतिक यात्रा, अनुभव र वर्तमान राजनीतिक अवस्थाबारे गरिएको कुराकानीको सम्पादित अंश :

तपाइँको राजनीतिक यात्रा निकै लामो छ, सुरुवात कसरी भयो ?

मेरो राजनीतिक यात्रा पञ्चायती कालदेखि नै सुरु भएको हो । २०४३ सालको निर्वाचनमा मैले पहिलो पटक गाउँ पञ्चायतको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको थिएँ । त्यसबेला मेरो चुनाव चिन्ह ’घोडा’ थियो । त्यो चुनावमा म दोस्रो स्थानमा आएँ । त्यसपछि २०४४ सालमा युवा संघको उपाध्यक्ष पदमा उठेर जित हासिल गरेँ । देशमा बहुदल आएपछि २०४६ सालदेखि म निरन्तर नेपाली कांग्रेसमा आबद्ध छु ।

चुनावमा जित र हार दुवैको अनुभव संगाल्नुभएको छ, विगतका ती अनुभवहरू कस्ता रहे ?

हो, मैले जित र हार दुवैलाई नजिकबाट देखेको छु । २०४९ सालमा म साविकको गाविसमा वडाध्यक्ष पदमा निर्वाचित भएँ । पछि २०५४ सालमा पोखरभिण्डी गाविसको अध्यक्ष पदमा लड्दा थोरै मतले पराजित भई दोस्रो स्थानमा आएँ । संघीयता आएपछि स्थानीय तह निर्वाचनमा रोहिणी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएँ, जहाँ म तेस्रो स्थानमा रहेँ । तर, मलाई लाग्छ चुनाव हार्दैमा सेवा गर्ने ढोका बन्द हुँदैन । म जति पटक चुनाव हारे पनि जनताको सेवा गर्ने मौका पाइरहनु मेरो लागि ठूलो कुरा हो ।

तपाइँ हाल देवदह साझेदारी वनको अध्यक्ष हुनुहुन्छ, त्यहाँको जिम्मेवारी र कार्यक्षेत्र कस्तो छ ?

म २०७२ सालमा पहिलो पटक देवदह साझेदारी वनको अध्यक्षमा निर्वाचित भएँ । मेरो कामलाई विश्वास गरेर २०७९ सालमा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित गराउनुभयो । अहिलेसम्म म त्यही पदमा छु ।

हाम्रो कार्यक्षेत्र ठूलो छ । यस अन्तर्गत देवदह नगरपालिकाका ४ वटा वडा, तिलोत्तमाका १७ वटा वडा, ओमसतिया र रोहिणी गाउँपालिकाका सबै वडाहरू र बुटवलको वडा नम्बर १० पर्दछन् । वनमा हामीले कार्ययोजना अनुसार काठ कटान, बिक्री वितरण, वृक्षरोपण र तारबार व्यवस्थापनको काम गर्छौं । वन जोगाउनु र यसको सदुपयोग गर्नु आफैँमा चुनौतीपूर्ण भए पनि काम गर्न सहज वातावरण बनाउँदै अघि बढेका छौँ ।

राजनीति बाहेक अन्य सामाजिक क्षेत्रमा पनि तपाइँको संलग्नता देखिन्छ नि ?

हजुर, शिक्षा क्षेत्रमा पनि मैले सेवा गर्ने अवसर पाएको छु । पोखरभिण्डी माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर मैले दुई कार्यकाल काम गरेँ । समाजको विकासका लागि शिक्षा र वातावरण (वन) दुवै महत्त्वपूर्ण छन् भन्ने मलाई लाग्छ ।

अहिलेको राजनीति र तपाइँले सुरु गर्दाको राजनीतिमा के फरक पाउनुहुन्छ ?

आकाश–पातालको फरक छ । पहिला हामी चुनाव लड्दा ’सेवा’ को भावनाले लड्थ्यौँ, त्यहाँ स्वार्थ थिएन । तर, अहिले राजनीतिलाई धेरैले ’जागिर’ वा ’व्यवसाय’ जस्तै बनाएका छन् । पहिला चुनाव लड्न सजिलो थियो, खर्च कम हुन्थ्यो । अहिले चुनाव निकै खर्चिलो भएको छ ।

यस्तो खर्चिलो चुनावले गर्दा जनप्रतिनिधिहरू जितेपछि पहिला आफ्नो चुनाव खर्च उठाउनतिर लाग्छन्, अनि विकास कहाँबाट हुन्छ ? लोकतन्त्र त गरिबको लागि आएको हो, जसले गर्दा एउटा सामान्य गरिबले पनि चुनाव लड्न पाओस् । तर अहिलेको खर्चिलो प्रणालीले गरिबलाई राजनीतिबाट टाढा पु¥याउँदैछ । त्यसैले मेरो आग्रह छ— निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाऊँ र काम गर्ने इमानदार उम्मेदवारलाई अवसर दिऊँ ।

पार्टीभित्रको आस्था र तपाइँको आगामी योजना के छ ?

नेपाली कांग्रेस पार्टीप्रति मेरो आस्था अटुट छ र पार्टीले पनि मलाई राम्रो दृष्टिकोणले हेरेको छ । म अहिले जिल्ला सदस्य छु । अब आउने कांग्रेसको राष्ट्रिय महाधिवेशनमा भाग लिने सोच बनाएको छु । मेरो गाउँ रोहिणीको सन्दर्भमा भन्नुपर्दा, यहाँको राजनीतिक भविष्य उज्ज्वल बनाउन आवश्यक छ । विशेषगरी यहाँको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा धेरै सुधार गर्नुपर्ने देखिन्छ । म जहाँ रहे पनि सधैँ जनताको सेवामा छु र रहिरहनेछु ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार