मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गा चाँडै फुकुवा हुन्छ : मन्त्री सिंह

Ujyalosandeshonline 12543+ समाचार ( )
१८ श्रावण २०८१, शुक्रबार

काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गाका सम्बन्धमा मन्त्रालयबाट गर्नुपर्ने सबै काम गर्ने बताएका छन् । सिंहदरबारमा आयोजित बधाइ कार्यक्रममा उनले जग्गाको रोक्कामा रहेको कारणले आएको समस्या छिटै टुङ्गोमा पुर्याउने बताए । 

उनले भने, ‘स्मार्ट सिटी बनाउने योजनाको लागि जग्गा रोक्कामा रहेका कारणले समस्या भएको कुरालाई छिटै टुङ्गोमा पुर्याउनको लागि मन्त्रालयबाट गर्नुपर्ने कार्यलाई प्रभावकारी बनाएर अघि बढाउने कुरा राख्न चाहन्छु ।’ 

यसको साथै उनले नदी सरसफाई र फोहोरमैला व्यवस्थापनको विषयलाई पनि तीनै तहको सरकार मिलेर अगाडि बढ्नुपर्ने बताए । 

उनले भने, ‘उपत्यकाको मेयर फोरम र तीनै तहको सरकार मिलेर सामूहिक सहकार्यबाट नदी नालाहरुलाई स्वच्छ गर्नेतिर पनि ध्यान दिनुपर्छ र योजनाहरु बनाएर अगाडि बढ्नु पर्छ । समस्याहरु धेरै छन् । फोहोरमैला व्यवस्थापन हुन सकेन भने धेरै समस्या हुन्छ । त्यसकारण यस सम्बन्धी समस्यामा मिलेर के गर्दा हुन्छ समाधान गर्नुपर्छ । सहरी विकास व्यवस्थालाई वर्तमान समय अनुसार आधुनिक तवरले व्यवस्था गर्नको लागि ध्यान दिनुपर्छ ।’ 

काठमाडौं उपत्यका मेयर्स फोरमले उपत्यकामा स्मार्ट सिटी निर्माणका लागि लामो समय अघिदेखि उपत्याकाभित्रका केही पालिका अन्तर्गतको जग्गा रोक्का राख्दा परियोजनाले सार्थकता पाउन सकेको छैन् ।

रोक्का राखिएको जग्गाका जग्गाधनी आफ्नो सम्पत्तीको सदुपयोग गर्न नसकेको, सम्पत्ती विक्री समेत गर्नबाट बञ्चित भएकोलगायतका समस्या कारण पनि स्मार्ट सिटी आयोजनाका लागि रोक्का राखिएको जग्गा अबिलम्ब फुकुवा गरी स्थानीयवासीको समस्या सम्बोधनका लागि अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार