मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

तस्बिरबारे बोल्यो सडक डिभिजन, भन्यो– ‘गम्भीर ध्यानाकर्षण भएको छ’

Ujyalosandeshonline 12441+ समाचार ( )
२१ फाल्गुन २०८०, सोमबार

काठमाडौं । सडक विभाग परिसर हुँदै जाने सडकका तस्बिर सामाजिक राखेर सञ्जालमा अतिरञ्जित गरिएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौंले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागको बबरमहलस्थित कार्यालय अगाडिको सडक खाल्डो परेको र त्यहाँ पानी जमेको तस्बिर सञ्चामाध्यममा आएको थियो ।

सोमबार विज्ञप्ति जारी गर्दै वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडेर अतिरञ्जित गर्नु खेदजनक भएको जनाएको हो ।

‘यस डिभिजनसँग सडक विभागको परिसरमा स्तरोन्नति गर्ने कामका निमित्त सम्झौता गरेको निर्माण व्यवसायीले मिति २०८०÷११÷१९ गते शनिबार सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडी अतिरञ्जित गर्नु खेदजनक छ,’ विभागका सूचना अधिकारी इञ्जिनियर प्रमोद खतिवडाद्वारा जारी विज्ञप्तिमा छ । 

विभागले सडकको निर्माणलाई प्राथमिकतामा राखिएको र निर्माण व्यवसायीले निर्धारित समय अगावै निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेको जनाउदै यस्तो तस्बिर सञ्चारमाध्यममा आउनु दुर्भाग्य भएको जनाएको हो । 

‘सडक विभाग, सडक डिभिजन काठमाडौं मातहतका सडकहरू खाल्डारहित बनाउने अभियानमा जुटेको संस्थालाई यस किसिमको हर्कत भनेको मनोबल गिराउने, समाजमा नकारात्मक सन्देश फैलाई देशमा केही राम्रो काम हुँदैन, सबैतिर यस्तै हो भन्ने खालका टिप्पणीले विद्यार्थीदेखि सबैमा नकारात्मक मनोभाव उत्पन्न भइ विदेशिने कारणमध्ये यस्तै हर्कत पनि मुख्य रूपमा आएको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।सामाजिक सञ्जालमा आएका अतिरञ्जित प्रतिक्रियाप्रति सजग रही वास्तविकता बुझेर प्रतिक्रिया दिन आग्रह गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार