मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

नेपालमै फल्ने अर्गानिक स्याउ खेर गएको भन्दै सरकारको ध्यानाकर्षण

Ujyalosandeshonline 11768+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

काठमाडौं । उत्पादन महाअभियान नेपालले अर्बौं रुपैयाँको विषादीयुक्त स्याउ विदेशबाट आयात गर्दा नेपालको अर्गानिक स्याउ बारीमै कुहिन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाअभियानले गोरखामा तीन वर्षदेखि व्यवसायिक स्याउ उत्पादन हुन थालेको भएपनि बाटो अभावका कारण उक्त स्याउ बजारमा आउन नसकेको बताएको हो । 

उत्पादन महाअभियान नेपालका संयोजक रमेश पण्डित (तुफान) ले पत्रकार सम्मेलनमा बोल्दै किसानहरूको स्याउ बारीमै कुहिनबाट जोगाउन र किसानहरुलाई पलायन हुनबाट रोक्नको लागि राज्यका सबै निकायको ध्यानाकर्षण गराए । 

उनले भने, ‘नेपालको विभिन्न ठाउँमा फलेका रसिलो, स्वास्थ्य, पोसिलो र विषादीरहित स्याउ अहिले बारीमै कुहिने अवस्थामा पुगेको छ । यता बजारमा हामीले अरबौको विषाधियुक्त स्याउ विदेशबाट आयात गरेर खाइरहेका छौं । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकामा लाखौं किलो स्याउ फलिरहेको छ । यो क्षेत्र स्थानीय नेपाली स्याउ फल्ने बिशेष क्षेत्र हो ।

तीन बर्षयता यहाँ व्यवसायिक स्याउ उत्पादन हुन थालेको छ । बाटो अभावको कारण उक्त स्याउ बजारमा आउन सकेको छैन । यसतर्फ राज्यका सम्पूर्ण निकायहरूका ध्यानाकर्षण गराउँदै आएका छौं । यद्यपि सरकारको ध्यान त्यसतर्फ जान सकेको छैन । त्यसैले किसानहरूको स्याउ बारीमै कुहिनबाट जोगाउन र किसानहरुलाई पलायन हुनबाट रोक्नको लागि हामीले राज्यको ध्यानाकर्षण सशक्त रुपमा गराउन चाहन्छौं ।’

उनले दुई हजार पाँच सय देखि तीन हजार मिटर उचाईको हिमाली क्षेत्रमा किसानहरुले उत्पादन गरेको स्याउलाई बजारसम्म ल्याउने विषयमा गम्भिर छलफल गर्न आवश्यक रहेको बताए । महाअभियानको पहलमा हेलिकप्टरबाट ४ सय ५० किलो स्याउ बजार पुर्याउँदा प्रति किलोग्राम ६ सय ६६ रुपैयाँ पर्न गएको उल्लेख गर्दै उनले सरकारले बाटोघाटो निर्माणमा समेत तादरुकता देखाउन जरुरी रहेको बताए । 

‘२५ सय देखि ३ हजार मिटरको हिमाली क्षेत्रमा किसानहरूले उत्पादन गरेको स्याउलाई कसरी बजारसम्म ल्याउन सकिन्छ भन्ने बिषयमा गहन छलफल र पहल गर्न आवश्यक छ । त्यस क्षेत्रमा रहेका किसान, उद्यमीहरुको संरक्षण  गर्ने र हौसला प्रदान गर्न पर्नेछ । उक्त स्याउलाई त्यहाँको स्थानीय स्रोत साधन, मान्छे, खच्चड, फोर व्हील गाडीहरु हुँदै ठूलो ट्रक जाने ठाउँसम्म ल्याउनको लागि प्रति केजी ५० रुपैयाँ जति ढुवानी लाग्ने देखिएको छ ।

त्यसै गरी लोड अनलोड, प्याकिङ, बजारिकण गरी रु १०० प्रति केजि खर्च लाग्ने देखिन्छ । गत असोज २५ गते हामीले महाअभियानको पहलमा हेलिकप्टरबाट ४५० किलो स्याउ ल्याउँदा प्रति केजी ६६६ रुपैयाँ पर्न आएको छ । यसरी हेलिकप्टर मार्फतबाट ल्याउँदा ठूलो धनराशि खर्च गरेर बजारसम्म पु¥याउन सक्ने गरी किसानको हैसियत बनिसकेको छैन । यसका लागि बाटो र सडक निर्माणमा समेत सरकारले ध्यान दिन जरुरी रहेको छ ।’ उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार