मुख्य समाचार
वित्तीय अपराध नियन्त्रणमा सबैको निकायको सहकार्य आवश्यक | गण्डकी सरकारको नीति तथा कार्यक्रम : धार्मिक पर्यटन परिपथ विकास गरिने | सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ |

‘मुस्लिम बालबालिकाको शिक्षामा समुदायको सक्रियता आवश्यक’

Ujyalosandeshonline 11438+ समाचार ( )
१२ फाल्गुन २०८१, सोमबार

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायका धेरै बालबालिका अझै पनि विद्यालय बाहिर रहेको भन्दै विद्यालय शिक्षामा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याएका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित पकडीमा आयोजित अल–मरकजुल इस्लामीको वार्षिकोत्सव तथा विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन समुदायका अगुवाहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

‘धेरै बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित छन् । विशेष गरी छोरीहरूको विद्यालय जाने दर न्यून छ । छोराछोरीलाई समान अवसर र शिक्षा दिनुपर्छ,’उनले भने ।

मुख्यमन्त्री आचार्यले उमेर नपुगी हुने विवाहको समस्या गम्भीर रूपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । ‘२० वर्ष नपुग्दै विवाह गर्नु कानूनतः निषेध छ । तर सीमावर्ती क्षेत्रमा बाल विवाह रोक्न अझै पनि सकिएको छैन । यो समस्या समाधान गर्न समुदायमा जागरणको खाँचो छ’उनले भने–’बाल विवाहले गम्भीर समस्या निम्त्याउछ । यसलाई सामान्य रुपमा लिनुहुँदैन ।’

उनले मुस्लिम समुदायभित्र रहेका सामाजिक समस्याहरू समाधान गर्न समुदायका अगुवाहरूले अग्रसरता लिनुपर्नेमा जोड दिए । ‘मौलाना साथीहरूले समुदायमा सचेतना फैलाउनु आवश्यक छ । समाज परिवर्तनका लागि तपाईंहरूको योगदान जरुरी छ,’ उनले भने । मुख्यमन्त्री आचार्यले पुरानो सोच परित्याग गरी नयाँ विचार र दृष्टिकोणका साथ अघि बढ्न आग्रह गरे।

‘परम्परादेखि चल्दै आएका केही विकृतियुक्त प्रथाहरूलाई निरुत्साहित गर्न जरुरी छ,’ उनले भने’हामी सबैको भावना एउटै हो, हामी देशप्रेमी हौं । यो मुलुक निर्माण गर्ने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ । समाजमा रहेका अन्धविश्वास र कुरीतिको अन्त्य गर्न जरुरी छ, र त्यसका लागि समुदायका अगुवा तपाईंहरू अघि बढ्नुपर्छ ।’

कार्यक्रमका क्रममा मुख्यमन्त्री आचार्यले मदरसा शिक्षाको विकासका लागि प्रदेश सरकारले निरन्तर सहयोग गरिरहेको स्पष्ट पारे । प्रदेश सरकार मुस्लिम समुदायको शैक्षिक तथा सामाजिक विकासमा प्रतिबद्ध रहेको र यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याइरहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार