मुख्य समाचार
एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ | पेस्तोल र गोलीसहित सियारीका चौधरी पक्राउ | पुवाखोलामा बेलिब्रिज निर्माण | सशस्त्र प्रहरीद्वारा बाइपास क्षेत्रबाट भन्सार छलीका किराना सामान र औषधि बरामद | ‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः सञ्चारमन्त्री | धकधईमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दीप प्रज्वलन गरी संविधान दिवस मनाइयो | देवदह र ओमसतियामा विश्व हिन्दू परिषद्को समिति गठन | ४० लाखभन्दा बढी मूल्यको भन्सार छलीको अवैध मदिरा र कारसहित दुई जना पक्राउ | गणपूरक संख्या नपुगेपछि फतुवा विजयपुरको नगरसभा स्थगित | रोहिणीको छिपागढ र धकधईमा संविधान दिवस मनाइयो |

कांग्रेस निर्णय : कोषमा ५० लाख जम्मा गर्ने, उपनिर्वाचनको तयारी थाल्ने

Ujyalosandeshonline 12359+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारको राहत कोषमा पचास लाख जम्मा गर्ने पनि निर्णय गरेको छ । आइतबार पार्टी सभापति शेरवहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले दल दर्ताको निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । साथै सबै सांसदहरुको बाढी प्रभावितहरुलाई १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको डा.महतले जानकारी दिए । 

उनले भने, ‘सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मंसिर  १६ गते  सम्पन्न हुनेगरी स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । उक्त उपनिर्वाचनमा दलको तर्फबाट खडा हुने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी शेरबहादुर देउवालाई दिइएको छ । ’ 

साथै कांग्रेस बैठकले निरन्तरको वर्षाका कारण बाढी र पहिरोमा परि मृत्यु भएका सबैलाई श्रद्धाञ्जली व्यक्त गर्नुका साथै यो समग्र घटनाप्रति पार्टीले दुख व्यक्त गरेको छ । यस्तै बैठकले बाढी पहिरोमा हराएका सबैको चाँडो भन्दा चाँडो उद्दार गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै कांग्रेसले संगठनको सय दिने अभियान स्थगन गरेको छ । बैठक पश्चात् जानकारी दिँदै पार्टी प्रवक्ता प्रकाशशरण महतले कोजाग्रत पूर्णिमा सम्मका लागि अभियान स्थगन गरिएको जानकारी दिए ।  उनले सम्पूर्ण पार्टी पंक्तिलाई उद्धार र राहत कार्यमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको जानकारी दिए ।  साथै उनले कोजाग्रत पूर्णिमामा कांग्रसले गर्दै आएको चियापान कार्यक्रम पनि नगर्ने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार