मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

२४४ वर्ष पुरानो मठा फल्चा पुनःनिर्माणको लागि शिलान्यास

Ujyalosandeshonline 11768+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

काठमाडौं । २४४ वर्ष पुरानो मठा फल्चा पुनःनिर्माणको लागि शिलान्यास गरिएको छ । काठमाडौं महानगरपालिका वडा – ८ ग्वल क्षेत्रमा रहेको ऐतिहासिक फल्चाको पुनः निर्माणका लागि काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा वडा – ८ का वडाअध्यक्ष आशामान संगतले शिलान्यास गरेका हुन् । 

शिलान्यास पछि बोल्दै उनले, २४४ वर्ष पुरानो प्रचलित नाम मठा फल्चाको पुनःनिर्माणको लागि आज शिलान्यास गरिएको बताए । उनले, १९९० सालको भुकम्पबाट क्षतिग्रस्त स्थानको स्थानीयहरूले संरक्षण गर्दै आईरहेको र जीर्ण अवस्थामा रहेकाले पुनःनिर्माणका लागि अनुचित समयानुकूल शिलान्यास गरिएको बताए । 

‘मठा फल्चाको पुरान नाम नरहेको र ऐतिहासिक फल्चा जीर्ण अवस्थामा रहेकाले कामपा – ८ ले विधिवत् रूपमा अगाडि बढाउन लागेको र यसको शिलापत्रमात्र भेटिएको छ । यसलाई अब काठमाडौँ महानगरपालिका वडा ८ ले एक तल्लाको परम्परागत शैलीमा पुनः निर्माण गर्न लागेको हो ।’ 

करिब २० लाख हाराहारी बजेटमा पुनः निर्माण हुन लागेको फल्चामा चुनासुर्कि, काठ, दाचिँ ईट्टा र माओपाको प्रयोग हुने वडाअध्यक्ष संगतले बताए । उनले,  यो फल्चा अगाडि एउटा मठ रहेको र त्यहाँ विभिन्न पुजाहरू हुने र बाटोमा रहेको ढुंगा जसलाई भैरवका रूपमा पुजा गर्ने परम्परा रहेको र फल्चामा आगन्तुकहरूले विश्राम गर्ने स्थल रहेको बताए । कामपा – ८ मा विभिन्न फल्चा, इनार कुवाँ डवली लगायतका ऐतिहासिक समपदाहरूको पुनःनिर्माण हुदैछ । कार्यक्रममा स्थानीय सहित वडासदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार