मुख्य समाचार
राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने | बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा | दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा | क्रिकेट टोली स्वदेश फिर्ता | बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे | सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी | निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व | मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल | दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो | मर्चवारको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने: पूर्वाधार विकासमन्त्री लम्साल |

२४४ वर्ष पुरानो मठा फल्चा पुनःनिर्माणको लागि शिलान्यास

Ujyalosandeshonline 12565+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

काठमाडौं । २४४ वर्ष पुरानो मठा फल्चा पुनःनिर्माणको लागि शिलान्यास गरिएको छ । काठमाडौं महानगरपालिका वडा – ८ ग्वल क्षेत्रमा रहेको ऐतिहासिक फल्चाको पुनः निर्माणका लागि काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा वडा – ८ का वडाअध्यक्ष आशामान संगतले शिलान्यास गरेका हुन् । 

शिलान्यास पछि बोल्दै उनले, २४४ वर्ष पुरानो प्रचलित नाम मठा फल्चाको पुनःनिर्माणको लागि आज शिलान्यास गरिएको बताए । उनले, १९९० सालको भुकम्पबाट क्षतिग्रस्त स्थानको स्थानीयहरूले संरक्षण गर्दै आईरहेको र जीर्ण अवस्थामा रहेकाले पुनःनिर्माणका लागि अनुचित समयानुकूल शिलान्यास गरिएको बताए । 

‘मठा फल्चाको पुरान नाम नरहेको र ऐतिहासिक फल्चा जीर्ण अवस्थामा रहेकाले कामपा – ८ ले विधिवत् रूपमा अगाडि बढाउन लागेको र यसको शिलापत्रमात्र भेटिएको छ । यसलाई अब काठमाडौँ महानगरपालिका वडा ८ ले एक तल्लाको परम्परागत शैलीमा पुनः निर्माण गर्न लागेको हो ।’ 

करिब २० लाख हाराहारी बजेटमा पुनः निर्माण हुन लागेको फल्चामा चुनासुर्कि, काठ, दाचिँ ईट्टा र माओपाको प्रयोग हुने वडाअध्यक्ष संगतले बताए । उनले,  यो फल्चा अगाडि एउटा मठ रहेको र त्यहाँ विभिन्न पुजाहरू हुने र बाटोमा रहेको ढुंगा जसलाई भैरवका रूपमा पुजा गर्ने परम्परा रहेको र फल्चामा आगन्तुकहरूले विश्राम गर्ने स्थल रहेको बताए । कामपा – ८ मा विभिन्न फल्चा, इनार कुवाँ डवली लगायतका ऐतिहासिक समपदाहरूको पुनःनिर्माण हुदैछ । कार्यक्रममा स्थानीय सहित वडासदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार