मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

गृह जिल्ला अर्घाखाँचीमा एमालेलाई बलियाे शक्ति बनाउदै मुख्यमन्त्री, एकै दिनमा भित्रिए महत्त्वपूर्ण नेतृत्व

Ujyalosandeshonline 10783+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले गृह जिल्ला अर्घाखाँचीलाई एमालेकाे बलियाे राजनितीक शक्ति बनाउने भूमिकामा हुनुहुन्छ । एकै दिन विभिन्न पार्टीमा रहेका महत्त्वपूर्ण नेतृत्वहरुलाइ एमालेमा समाहित गर्न सफल हुनुभएको छ ।

पार्टिमा प्रवेश गराउदै मुख्यमन्त्री आचार्यले एमाले बलियो राजनीतिक शक्तिकाे रुपमा उदाउने, अर्घाखाँची, लुम्बिनी मात्रै नभएर सिंगाे देशकाे नेतृत्व एमालेले गर्ने अवस्थामा पुर्‍याउने उद्घाेष गर्नु भयाे ।

नेकपा माअोवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य मालारानी गाउँपालिका अध्यक्ष पदम क्षेत्री, प्रदेश सदस्य तथा भुमिकास्थान नगरपालिकाका अध्यक्ष नरेन्द्रमान मुखिया, जिल्ला सचिवालय सदस्य देवबहादुर विक, राष्ट्रिय जनमाेर्चा युवक संघका पुर्व केन्द्रीय उपाध्यक्ष जिल्ला सचिवालय सदस्य कविराम खनाल,देउराली यातायात समितका अध्यक्ष गाेविन्द्र बजान्डे सहित १ सय ७३ जना माअोवादी, राजमाे र कांग्रेस परित्याग गरि एमालेमा समाहित हुनुभएकाे हाे । 

मुख्यमन्त्री आर्चायले कम्युनिस्टकाे केन्द्र एमाले भएकाे उल्लेख गर्दै अलमलमा रहनु भएका सबैलाई एमालेमा समाहित हुन आह्वान  गर्नुभयाे । जिल्लाकाे विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताउँदै संघ र प्रदेशमा सत प्रतिशत जित निकालेकाे स्मरण गर्दै आगामि निवार्चनमा पनि सत प्रतिशत जित निकाल्न याे प्रवेश महत्त्वपूर्ण रहेकाे बताउनुभयाे ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बाेमबहादुर विक, जिल्ला अध्यक्ष पिताम्वर भुसाल, उपाध्यक्ष शम्भु पाेख्रेल, सचिव ताेजबहादुर रायमाझीले मन्तव्य राख्दै पार्टी समाहित हुने सबैलाई उचित जिम्मेवारी प्रदान गरिने प्रतिवद्वता जाहेर गर्नुभयाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार