मुख्य समाचार
मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न |

रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा

Ujyalosandeshonline 12616+ समाचार ( )
२२ जेठ २०८३, शुक्रबार

बर्दघाट सुस्तापश्चिम, (नवलपरासी) । बर्दघाट सुस्तापश्चिम नवलपरासीको रामग्राममा सांस्कृतिक भवन तथा सूचना केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । रामग्राम नगरपालिका–१४ मा रु ५४ लाखको लागतमा सो केन्द्र निर्माण सम्पन्न गर्न लागिएको हो । सांस्कृतिक भवन र सूचना केन्द्र जेठ महिनासम्म सम्पन्न गर्नेगरी रामग्राम नगरपालिका र हडहिया माई साँस्कृतिक भवन निर्माण उपभोक्ता समितिबीच २०८२ पुसमा सम्झौता भएको थियो । हालसम्म ९५ प्रतिशत भवन निर्माण सम्पन्न गरिसकेको रामग्राम नगरपालिकाका इन्जिनियर ललितनारायण चौधरीले बताउनुभयो ।

स्वदेशी तथा विदेशी पर्यटक थारू संस्कृति देखेर लोभिने गरेकाले रामग्राम नगरपालिकाले थारू समुदायको बाक्लो बसोबास रहेको परसावल गाउँमा थारू संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि सांस्कृतिक भवन तथा सूचना केन्द्र स्थापनाको काम अघि बढाएको हो । स्वदेशी तथा विदेशी पर्यटकलाई राति बास बस्नका लागि स्थानीय थारू समुदायले होमस्टे निर्माण गरेर सञ्चालनमा ल्याउन लागेका छन् ।

हडहिया माई देवीको मन्दिर तथा पुरातत्वसँग सम्बन्धित दुई बिघा पोखरीमा विगतका दिनमा बौद्ध भिक्षुहरू विश्राम गर्न आउने गरेका रामग्राम नगरपालिका–१४ का वडाध्यक्ष ओमप्रकाश यादवले बताउनुभयो । हिन्दू तथा बौद्धधर्मसँग सम्बन्धित रहेकाले यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थारू समुदायले आफ्नो कला, सङ्गीत र नृत्य देखाउने उद्देश्यले रामग्राम नगरपालिकाले सांस्कृतिक भवन निर्माण गरेको हडहिया माई सांस्कृतिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपकप्रसाद चौधरीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार