मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

Ujyalosandeshonline 12546+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

जनकपुर । धनुषाका एसपी नरहरी रेग्मीको राजिनामा माग गर्दै जनकपुरधाम उपमहानगरपालिका २० रुपेठाका स्थानीय वासीहरु धर्नामा बसेका छन् । बुधबार जनकपुरधामको जनक चोकमा रुपेठाका स्थानीय हिन्दू समुदायका महिला तथा पुरुषहरु धर्नामा बसेका छन् । उनीहरुले धनुषाको एसपी राजिनामा दे, हिन्दूहरुलाई रिहा गर, हिन्दूहरुलाई फसाउन पाईदैन लगायत लेखिएको प्लेकार्ड हातमा बोकेर विरोध जनाएका छन् ।

केही दिन अघि, दुर्गा भगवतीको मुर्ती विसर्जनको क्रममा रुपेठामा हिन्दू र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको थियो । सोही बेला मुस्लिम समुदायले मुर्ती विसर्जन गर्न गएकाहरु माथि सिसाको बोतल र ढुंगा मुढाले प्रहार गरेका थिए । सो पछि आक्रोसित हिन्दू समुदायले मुस्लिम समुदायले निर्माण गरेको एउटा टहरामा आगो लगाएका थिए । धनुषा प्रहरीले स्थिती नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै केही स्थानीयहरुलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका स्थानीयहरु निर्दोष किशोर र युवाहरु रहेको भन्दै हिन्दूवादी संगठनका अगुवाहरुले निरन्तर जनकपुरधाममा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले पक्राउ परेकाहरुलाई बिना सर्त रिहा गर्न माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार