मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

प्रभातफेरी कार्यक्रम गरी बुटवलमा मनाइयो बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सव

Ujyalosandeshonline 11904+ समाचार ( )
२ जेठ २०८१, बुधवार

भैरहवा । नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवको उपलक्ष्यमा रुपन्देहीको बुटवलमा प्रभातफेरी कार्यक्रम गरिएको छ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले मंगलबार बिहान गरेको प्रभातफेरी राजमार्ग चौराहादेखि सुरु भएर पुष्पलाल पार्क पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख पूर्ण थापासहित विभिन्न जीवन तथा निर्जीव बीमा कम्पनीका कर्मचारी, सर्वेयरहरुको उपस्थिति रहेको थियो । सो अवसरमा बोल्दै थापाले नेपाली बीमा बजार तीव्र गतिमा राम्रो दिशातर्फ अगाडि बढेको बताए । उनले भने, ‘यसले भविष्यमा नेपाली बीमा बजार अझ उत्कृष्ट बन्दै जानेछ भन्ने विश्वस्त छौं ।’

सहभागीहरुले प्रभातफेरीमा आफूले खरिद गरेको बीमालेखसँग सम्बन्धित कागजातहरु सुरक्षित राखौं, कागजात नभएमा बीमा दावी गर्न समस्या पर्नेबारे समयमै सचेत बनौं । आफ्नो सवारीसाधनको अनिवार्य बीमा गरौं, सम्भावित दुर्घटनाबाट हुने हानी नोक्सानीबाट बचौं ।

विपद् आउँदा हुँदैन क्षतिको सीमा त्यसैले गरौं आफ्नो जीवन र सम्पत्तिको बीमा, बीमालेख ध्यान दिएर पढ्ने बानी बसालौं, बीमाले दिने सुविधाहरुबारे जानकारी लिएर मात्र बीमा गरौं । बीमा गरौं, सुरक्षित बनौं । दुःखमा सबैले साथ छोड्छन्, दुःखमा साथ दिने भनेकै बीमा हो जस्ता बीमा सचेतना सम्बन्धी लेखिएका प्लेकार्ड लिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार