मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीहरुलाई कारवाहीको माग गर्दै प्रदर्शन

Ujyalosandeshonline 11768+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

वीरगञ्ज । भ्रष्टाचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजले वीरगञ्जमा प्रदर्शन गरेको छ । समाजको २६ औं राष्ट्रिय परिषद् बैठक शुरु हुनुअघि शुक्रबार दिउँसो भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनमा एनसेल घोटाला प्रकरणको विश्वसनीय र न्यायिक छानविन आयोग गठन हुनुपर्ने र उक्त प्रकरणमा संलग्न प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीहरुलाई कारवाही गर्नुपर्ने माग गरिएको थियो ।

प्रदर्शनमा ‘एनसेल महाघोटालाः राज्य विरुद्ध अपराध हो, देशलाई झण्डै तीन खर्ब रुपैंयाँ हानी पुर्याउने चलखेल राज्यविरुद्ध अपराध हो, सुन काण्डको मूल नाइकेलाई कारबाही खोइ?, नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषिलाई कारबाही खोइ ?, अदालतको आदेश बमोजिम बालुवाटार जग्गा घोटालामा पूर्व प्रधानमन्त्री माधव नेपालमाथि छानविन खोइ ?, अदालतको आदेश बमोजिम बालुवाटार जग्गा घोटालामा पूर्वप्रधानमन्त्रीहरुमाथि छानविन खोइ ? भन्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, संस्थापक सदस्य कृष्ण कँडेल, पुर्वसभापतिहरु होमकान्त चौलागाई र डा.गंगाधर अधिकारी, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, उपसभापति राजेन्द्र पौडेल, महासचिव रेनुका पौडेल लगायत वीरगञ्जका नागरिक समाजका सदस्यहरु गरि सयौँको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार