मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब

Ujyalosandeshonline 11768+ समाचार ( )
१७ मंगशिर २०८०, आइतबार

देवदह । रुपन्देहीको देवदहमा संचालित प्रथम मिडिया कप ‘सेभेन–ए साइड’ फुटबल प्रतियोगिताको उपाधी देवदह प्रेस क्लबले जितेको छ । फाईनल खेलमा बुद्ध सामुदायिक टेलीभिजनलाई हराउदै देवदह प्रेस क्लब प्रतियोगिताको च्याम्पियन बनेको हो ।

आईतवार भएको फाईनल खेलमा देवदह प्रेस क्लबले बुद्ध सामुदायिक टेलीभिजनलाई ४–० को अन्तरले पराजित गरेको छ । देवदह प्रेस क्लबका जर्सी नं १० का किशोर पाठकले २ गोल , जर्सि नं ७ का पवन पौडेलले १ गोल र जर्सि नं ६ का लक्ष्मण न्यौपानेले १ गोल गरेका थिए। 

जितसंगै देवदह प्रेस क्लबले नगद ५१ हजार १११ रुपैयाँ राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाउनु परेको बुद्ध सामुहिक टेलिभिजनले नगद ३१ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।  बुद्ध टेलिभिजनका कप्तान रोहित चौधरी उत्कृष्ट खेलाडी घोषित भए । 

प्रतियोगितामा सर्वाधिक गोलकर्ता लुम्बिनी प्रेस क्लबका खेलाडी जयकेश हरिजन बने । देवदह प्रेस क्लबको आयोजनामा भएको प्रथम देवदह मिडिया कप फुटबल प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागिता रहेको थियो। 

विजेता खेलाडीहरुलाई एक कार्यक्रमका वीच लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री  चन्द्रकेश गुप्ता, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर राना लगायतले प्रदान गरेका थिए । देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार