मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने

Ujyalosandeshonline 12611+ समाचार ( )
१ कार्तिक २०८१, बिहीबार

काठमाडौं । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारि समितिले संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानिय तहलाई राहतको रुपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले २० वटा जिल्लाका ७१ वटासंकटग्रस्त स्थानिय तहलाई क्षतीको आधारमा रकम वितरण गर्ने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिएका छन् ।

उनले भने, ‘यो बैठकको मुख्य विषय भनेको नेपाल सरकारले असोज २१ गते राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न २० वटा जिल्लाका ७१ वटा स्थानिय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरियो । संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानिय तहलाई रहातको रुपमा केही रकमहरु उपलब्ध गराउने निर्णय गरिएको छ ।

कुल ७१ वटा स्थानिय तहलाई त्यहाँ भएको क्षतीको आकलन गरेका छौ । त्यसको लागि तीन वटा तहमा स्थानिय तहलाई विभाजन गर्यौ । त्यसमा पहिलो तहका ९ वटा स्थानिय तहहरुलाई १ करोडको दरले, दोस्रो तहका १२ वटा स्थानिय तहलाई ७५ लाखको दरले र तेस्रो तहका ५० वटा स्थानिय तहलाई ५० लाखको दरले रकम उपलब्ध गराउने निर्णय भएको छ ।’

ती स्थानिय तहहरुले खर्च गर्ने क्रममा सामान्य खालको सरल प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्थाहरु पनि राखिएको उनले बताए । 

यस्तै, उनले शुक्रबार बस्दै गरेको विपद् जोखिम न्यूनिकरण सम्बन्धी राष्ट्रिय परिषद्को बैठकमाउद्धार कार्यलाई थप प्रभावकारी बनाउनका लागि थप संख्यामा हेलिकप्टर र आवश्यक उपकरणको व्यवस्थापनको लागि सिफारिस गर्ने निर्णय भएको पनि बताए । 

उनले भने, ‘विपद् तथा खोज उद्धार कार्यलाई थप प्रभावकारी बनाउनका लागि थप संख्यामा हेलिकप्टर चाहिएको विषय अहिले पनि महशुस गर्यौ, यसैगरि उद्धार कार्यमा चाहिने उपकरणको लागि पनि व्यवस्थापन हुन भोलि बस्दै गरेको विपद् जोखिम न्यूनिकरण सम्बन्धी राष्ट्रिय परिषद्को बैठकमा सिफारिस गर्ने निर्णय पनि भएको छ ।’

यसको साथै, उनले विपद्जन्य घटनामा मनसुन सुरु भएपछि मृत्यु भएका परिवारका एकजना सदस्यको बिमा सरकारले गर्ने र पश्चिम नेपालमा एक वर्ष अगाडि गएको भूकम्प पश्चात पुन निर्माणको कार्यलाई तिव्रता दिने विषयमा पनि निर्णयहरु भएका बताए। 

उनले भने, ‘मनसुन सुरु भएपछि जेठ २८ बाट असोज २६ सम्ममा जति पनि विपद्जन्य घटनामा मनसुन सुरु भएपछि मृत्यु भएका परिवारका एकजना सदस्यको बिमा नेपाल सरकारले गर्ने हिसाबले पनि सिफारिस गरिएको छ । पश्चिम नेपालमा एक वर्ष अगाडि जाजरकोट, बजाङ्, बाजुर र डोटीमा गएको भूकम्प पश्चात त्यहाँको पुन निर्माणको कार्यलाई तिव्रता दिने विषयमा पनि केही निर्णयहरु भएका छन् ।’

पहिला र अहिले भएको विपद्का घटनाको खोजी कार्यमा निजी क्षेत्रको संलग्नतालाई उच्च कदर गर्दै अबको बैठकमा उनीहरुलाई पनि आमन्त्रित गर्ने निर्णय भएको पनि उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार