मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

‘हचुवा पाराका निर्माणले लगानीको प्रतिफल दिँदैन’

Ujyalosandeshonline 12547+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले हचुवाको भरमा विकास निर्माणका काममा खर्च गर्ने प्रवृत्ति मौलाउँदै गएको उल्लेख गर्दै यसले प्रतिफल दिन नसक्ने बताएका छन् । 

काठमाडौंमा बुधबार कालिका खबरको १०औं वार्र्षिकोत्सव तथा स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेट निर्माण र लगानी गर्दा प्रतिफल प्राप्त हुने ठाउँलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । 

उनले भने, ‘हचुवा पाराले निर्माणका काम गर्ने कुराले प्रतिफल दिन सक्दैन । कहाँ, के कसरी लगानी गर्ने भन्नेबारे सोच्नुपर्ने आवश्यकता छ । हामीले बजेट निर्माणका क्रममा पनि प्रतिफल प्राप्त हुने ठाउँलाई प्राथमिकता दिनुपर्दछ । त्यहाँ खर्च गर्न सक्नुपर्दछ । यसबारे राज्यले गम्भीर भएर सोच्न जरुरी ठान्दछु ।’

नेपालमा युवा पलायनको तथ्यांक भयावह स्थितिमा पुगेको उल्लेख गर्दै उनले यसको समाधानका लागि शिक्षा क्षेत्रको सुधार जरुरी रहेको स्पष्ट पारे । 

उनले भने, ‘युवाहरु विदेश पलायनको तथ्यांक भयावह स्थितिमा पुगेको छ । हजारौं युवाहरु एकैदिन विदेश पलायन भइरहेका छन् । यसको समाधानका लागि शिक्षा क्षेत्रको मोडलमा पनि काम गर्नु पर्दछ । मैले माथि बोलेका सबै कुराहरुको मूल कुरा भनेको उत्पादनमा वृद्धि नै हो ।’

त्यस्तै उनले पत्रकारिता संवेदनशील पेसा एवं समाजको प्रतिविम्ब भएको उल्लेख गर्दै उनले पछिल्लो समय सञ्चारमाध्यममा कुरुप अनुहारले मात्र चर्चा पाएको बताए । 

उनले अघि भने, ‘सञ्चारमाध्यमहरुमा कुरुप अनुहारहरु आउन थालेका छन् । यस्तो नहोस्, पत्रकारिता र सञ्चारमाध्यम एउटा गम्भीर पेसा हो । यसले समाजमा जागरण पैदा गर्ने, सचेतना जगाउने उद्देश्यमा समर्पित हुनुपर्ने आवश्यक छ । समाजमा राम्रा र नराम्रा कुराहरु पनि छन् । असल र खराब मानिसहरु पनि छ । चोर डाँकाहरु पनि छन्, साधुहरु पनि छन् ।केमा जोड दिने भन्ने मुख्य कुरा हो । तपाइँको समाचारले नयाँ पुस्तालाई सोझै प्रभाव पार्ने भएकाले उद्देश्य प्रष्ट हुनुपर्दछ । सत्य र तथ्य हुनुपर्दछ ।’पर्यटन व्यवसायदेखि जलवायु परिवर्तनसम्मका कुराहरुमा सञ्चारमाध्यमहरुमा जोड दिनुपर्ने उनको भनाइ थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार