मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन : सांसद कार्की

Ujyalosandeshonline 12448+ समाचार ( )
१५ वैशाख २०८२, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गंगा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा निकम्मा, असक्षम, लाछी र बदनाम रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारलाई एक मिनेट पनि शासन गर्ने छुट नरहेको बताएका हुन्।

उनले भने, ‘ शिक्षकलगायतको जायज माग पूरा गर्न र शिक्षकहरुलाई विद्यालय फर्काउन सरकारसँग म जोडदार माग गर्दछु । आज सरकारको असक्षमताले सबै क्षेत्रमा अस्तव्यस्तता र आन्दोलन भइराखेको छ । ओली सरकारमै रहेका महत्वपूर्ण नेताहरुले सार्वजनिक रुपमै यो सरकार असफल भएको र राजीनामा दिनुपर्छ भनिरहेका छन् । चौतर्फी असफलताको घेराबन्दीमा परेको इतिहासकै सबैभन्दा निकम्मा, असक्षम, लाछी र बदनाम ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन ।’

साथै उनले सरकारले शिक्षकहरुको माग सम्बोधन गर्न तयार नहुँदा देशभरका बालबालिकाले पढ्न नपाइरहेको बताए । उनले लाखौं विद्यार्थीको भविष्यमाथि ओली सरकारले जानाजानी खेलबाड र मजाक गरिराखेको बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार