मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

असिना पानीबाट भएको क्षतिको विवरण संकलन

Ujyalosandeshonline 11768+ समाचार ( )
९ चैत्र २०८१, आइतबार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं ३ ले असिना पानीबाट भएको क्षती विवरण संकलन गर्न थालेको छ । शनिवार बिहान करिब २ बजेतिर आएको असिना पानीले चन्द्रपुर नगरपालिका वाड नम्बर ३ का कृषकले लगाएको मकै र केरा खेतीमा बढी क्षती गरेको हो । वार्ड कार्यलयले एक सूचना जारी गरि असिनापानी हावाहुरीबाट अन्न, तरकारी तथा फलफूल बालीमा क्षति पुगेकाले विवरणसहित निवेदन दिन आग्रह गरेको छ  । 

असिना पानीबाट घरगोठमा पुगेको क्षति विवरण पनि दिन सकिने वार्ड अध्यक्ष बोधराज देवकोटा (रबि)ले बताए । असिना पानीबाट आफ्नो वाडमा बढी क्षती गरेको उनले दाबी गरेका छन् । 

उनका अनुसार असिना पानीबाट मर्कामा परेका कृषकलाई राहतका लागि पहल गर्ने उनले बताए । वृन्दावन नगरपालिका–१ बलेरीका किसान प्रेमलाल पटेल १० कठ्ठा, रविन्द्र पटेलले १५ कठ्ठा, हेमन राउतले १५ कठ्ठा मकै तथा १५ कठ्ठा गहुँबालीमा पनि क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र गौरले असिना पानीबाट भएको क्षती विवरण संकलन भइरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार