मुख्य समाचार
भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने | भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव |

मर्चवार नाकाबाट व्यापक तस्करी, भारतीय सीमावर्ती क्षेत्रमा ४१ बोरा फर्सीको बीउ र पिकअप गाडी नियन्त्रणमा

Ujyalosandeshonline 12523+ समाचार ( )
१४ भाद्र २०८३, आइतबार

भैरहवा । मुलुकमा विभिन्न किसिमका विपत्ति र सङ्कट परेको मौका छोपी रुपन्देहीको मर्चवार, लुम्बिनी तथा भैरहवाको मैडिहवा क्षेत्रबाट अवैध तस्करी बढेको छ। स्थानीय बासिन्दाका अनुसार प्राकृतिक विपत्ति वा अन्य सङ्कटका बेला पनि तस्करहरूले आफ्नो अवैध धन्दा निरन्तर जारी राखेका हुन् । तस्करी बढेसँगै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले पनि दिनहुँजसो ठूलो मात्रामा अवैध सामानहरू बरामद गरिरहेका छन्। देशमा जस्तोसुकै आपतविपत परे पनि तस्कर समूहले विभिन्न नाकाहरूको प्रयोग गरी गैरकानुनी ओसारपसार नरोकेको स्थानीयको भनाइ छ।

यसैबीच, सोनौली थाना क्षेत्रअन्तर्गत पर्ने खानुआ पुलिस, भारतीय सशस्त्र सीमा बल (एसएसबी) र स्थानीय प्रशासनको संयुक्त टोलीले सीमावर्ती क्षेत्रबाट अवैध रूपमा ल्याउँदै गरिएको ४१ बोरा फर्सीको बीउ र एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ।भारतीय सीमा सुरक्षा अधिकारीहरूका अनुसार बरामद गरिएको उक्त फर्सीको बीउ रुपन्देहीको मर्चवार नाका हुँदै भारततर्फ लैजाँदै गर्दा उक्त बीउ र सवारीसाधन नियन्त्रणमा लिइएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र सीमा नाकामा कडाइ गरिएको सुरक्षा निकायले जनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार