मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

शिक्षकको कुटाइबाट १३ वर्षिय विद्यार्थी अविनास अस्पताल भर्ना

Ujyalosandeshonline 12548+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

सिरहा । गोलबजार नगरपालिका वडा नं. ७ चाहेर्वा  स्थित एपेक्स विद्या मन्दिरमा कक्षा ८ अध्ययनरत १३ वर्षिय छात्र अविनास यादव शिक्षकको कुटाईबाट मुर्छित भएका छन् । अविनासको बुबाले विद्यालयबाट बालक छोराको उद्धार गरी गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना गराएका छन् । बालक अविनासको उपचार भइरहेको छ । उनी खतरामुक्त भएपनि तङ्गरिन एक साता लाग्न सक्ने अस्पताल सुत्रले बताएको छ ।

शिक्षक सन्तोष गुप्ताले अविनासलाई कोठा थुनेर बाँसको लठ्ठीले सकुनञ्जेल लगातार प्रहार गरेको विद्यार्थी अविनासले होसमा आएपछि अस्पतालको शैय्या बाट बताएका छन् । बालक अविनासको गाला, पिठ्यु र तिघ्रामा गहिरो घाउ चोट र दर्जनौ नील डाम देखिन्छ । 

गृहकार्य नगरेको र भने अनुसार नगरी अटेरी गरेको निहुमा शिक्षक गुप्ताले बालक छात्रलाई  मरनासन्न हुने गरी कुटेको अविनासका बुबा सुरेश कुमार यादवले बताए । उनले भने म खाना खान बसेकामे थिएँ , अचानक कसैले फोन ग¥यो । तिम्रो छोरालाई पिटेर बेहोस बनाएको छ भनेपछि म गाँस छोडेर कुदे । विद्यालयमा पुग्दा मेरो बच्चा इन्तु न चिन्तु थियो । उनले भने कसाईहरु रहेछन् , झण्डै मेरो बच्चा मारेनन् । सख्त कारवाही हुनुपर्छ – हामीले न्याय पाउनु पर्छ यादवले आँशु झार्दै भने । विद्यार्थीलाई निर्घात कुट्ने शिक्षक सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीले कानून बमोजिम कारवाही हुने बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार