मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

रुपन्देही प्रहरीद्वारा ५० लाख बढीको कपडा बरामद

Ujyalosandeshonline 11904+ समाचार ( )
२१ अशोज २०८१, सोमबार

भैरहवा । रुपन्देही प्रहरीले भन्सार छली गरि भारतबाट नेपाल ल्याईएको ठूलो परिमाणको कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता लक्ष्मी खनालले दिएको जानकारी अनुसार बरामद कपडाको मूल्य ५० लाख बढी रहेको छ । 

खनालका अनुसार इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौरा र प्रहरी चौकी बेलभरिया रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले आईतबार उक्त कपडा बरामद गरेको हो । बुटवल उप–महानगरपालिका वडा नम्बर १५ मा लु १ ख ८३४० नम्बरको ट्रकलाई शंका लागी रोकी चेकजाच गर्ने क्रममा भन्सार छली अबैध रुपमा ल्याउदै गरेको अवस्थामा कपडा बरामद भएको उनले जानकारी दिइन । 

कपडाको मूल्य  ५० लाख ४२ हजार ४ सय ५० र ट्रकको अन्दाजी १२ लाख गरी जम्मा अन्दाजी मुल्य  ६२ लाख ४२ हजार ४ सय ५० रुपैया रहेको खनालले बताइन । बरामद भएको कपडाहरुमा लेडिज उलन सुट २ हजार ८ सय ५७ वटा, ६ सय ९० रोल उलन सुटको रोल कपडा, ९ सय ६० वटा अमूल सेण्डो, २ सय ४० वटा जेन्स सर्ट, २ सय ३० वटा जेन्स कुर्ता लगायतका समान रहेको छ । 

बरामद भएको कपडा र ट्रक आवश्यक कार्यवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाईएको र यस विषयमा थप अनुसन्धान भई रहेको प्रहरी प्रवक्ता लक्ष्मी खनालले बताइन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार