मुख्य समाचार
राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन : सुहाङ नेम्वाङ | एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल | सुनसरी औराबनीका २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण | लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ | मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर | गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन | ओमसतियामा प्रथम उपाध्यक्ष कप सुरु | प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने | विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन सक्दैन— प्रधानन्यायाधीश | डिजाइन एक्स्पोमा उपप्रमुख |

मर्चवारकाे मुर्दहियाबाट लागू औषध सहित तीनजना पक्राउ

Ujyalosandeshonline 2594+ समाचार ( )
२७ मंगशिर २०८०, बुधवार

मर्चवार । रुपन्देहीको मर्चवारबाट लागू औषध सहित तीनजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मझगावाँ र प्रहरी चौकी मर्यादपुरको संयुक्त रुपले गएको पेट्रोलिङ गस्ती टोलीले चेकजाँचको क्रममा कोटहीमाई ३ मुर्दहियामा  पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिमिरे बताए । 

भारतबाट नेपाल तर्फ आउदै गरेको लु ७९ प ५१०३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाइकलमा सवार कोटहीमाई–७ का २३ वर्षीय अजय अग्रहरी, पर्वत जिल्लाको कुस्मा–४ का २४ वर्षीय कोमिलन परियार नेपाली, म्याग्दी जिल्ला रघुगंगा–८ बस्ने २१ वर्षीय सुस्मिता श्रेष्ठसंग लागु औषध नुफिन ६८ एम्पुल, फेनारागन ६७ एम्पुल, डाईजापाम ६८ एम्पुल  र नाईट्रोभेट–४३ ट्याबलेट बरामद भएको प्ररही निरीक्षक घिमिरेले जानकारी दिएका छन् । बरामद लागु औषध सहित पक्राउ परेका तीनैजनालाई कारवाही प्रकृया अगाडी बढाईएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार