मुख्य समाचार
कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन | विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने | बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध | सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा | जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने | नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द | आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने | पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द | प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव | नेपाली कांग्रेस रूपन्देही १ को क्षेत्रीय सभापतिमा बैजनाथ साहनीको उम्मेदवारी घोषणा |

नेपाल राष्ट्रिय अभिभावक संघ सिद्धार्थनगरको अध्यक्षमा उमा काफ्ले

Ujyalosandeshonline 12400+ समाचार ( )
१८ श्रावण २०८१, शुक्रबार

भैरहवा । नेपाल राष्ट्रिय अभिभावक संघ, सिद्धार्थनगर, रुपन्देहीको अध्यक्षमा उमा काफ्ले चयन भएकी छन् । संघ सिद्धार्थनगरको प्रथम अधिवेशनबाट काफ्लेको अध्यक्षतामा १३ सदस्यीय कमिटी चुनिएको हो । अधिवेशनबाट सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएका हुन् ।

काफ्ले सिद्धार्थनगर नगरपालिकाकी निवर्तमान उपप्रमुख समेत हुन् । सिद्धार्थनगर–७ निवासी उनी विभिन्न सामाजिक संघसंस्थामा रहेर सफलतापूर्वक नेतृत्व गरिसकेकी छन् । लामो सामाजिक इतिहास बोकेकी काफ्लेलाई अध्यक्षमा चयन गर्न पाउँदा खुशी लागेको सदस्यहरुको प्रतिक्रिया छ ।

संघको उपाध्यक्षमा अर्जुन गौतम, सचिवमा फणीन्द्र पौडेल, सहसचिवमा तारापति भण्डारी, कोषाध्यक्षमा कमला थापा, सहकोषाध्यक्षमा दर्पण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । यस्तै, सदस्यहरुमा रामबहादुर बस्नेत, सुनिल पुन, गुरुचरण प्रजापती, बिजय धवल, शैलेन्द्र यादव, दुर्गाबहादुर बिक र अमृत अधिकारी चयन भएका छन् ।

अध्यक्ष निर्वाचित भएपछि काफ्लले आफ्नो कार्यकालमा सबै पदाधिकारी र सदस्यहरुलाई साथमा लिएर रचनात्मक काम गर्ने जनाइन् । नेपाल राष्ट्रिय अभिभावक संघ, रुपन्देहीका अध्यक्ष भोजबहादुर बुढाथोकीले काफ्लेले नेतृत्वले नगरका सकारात्मक उर्जा भर्ने गतिविधि गर्ने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार