मुख्य समाचार
राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने | बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा | दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा | क्रिकेट टोली स्वदेश फिर्ता | बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे | सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी | निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व | मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल | दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो | मर्चवारको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने: पूर्वाधार विकासमन्त्री लम्साल |

आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

Ujyalosandeshonline 12565+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

काठमाडौं । सरकारले आजबाट देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन दुई सातासम्म खोप अभियान सञ्चालन गर्ने भएको छ । अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ बालबालिकालाई लगाइनेछ । 

यसअघि खोप लगाउन छुटेका बालबालिकाले पनि अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको सरकारले नेपालमा पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले दुई हप्तासम्म अभियान नै सञ्चालन गरी देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आईपीभी’ लगाउने विभागले जनाएको छ । 

नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइँदै छ । यस्तै २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई पनि सरकारले खोप लगाउने भएको छ । ति बालबालिका सन् २०१६ देखि २०१८ को बीचमा खोप उत्पादन नहुँदा ‘आइपीभी’ लगाउनबाट बञ्चित भएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार