मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

केही मुठ्ठीभरका दलालले राज्य कब्जा गरेका छन् : अध्यक्ष प्रचण्ड

Ujyalosandeshonline 10783+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्याप्त दलाल पुँजीवाद र भ्रष्टाचारविरुद्ध एकताको आह्वान गरेका छन् । शनिबार राजधानीमा आयोजित पुष्पलाल जन्म शताब्दी तथा ४७ औँ स्मृति दिवसका अवसरमा आयोजित ‘निर्वासन’ कृतिको लोकार्पण समारोहमा बोल्दै प्रचण्डले पुष्पलाललाई एकताको केन्द्रबिन्दु बनाउँदै कम्युनिष्ट एकता गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘बितेका र राम्रो काम गरेका नेताहरूमध्ये पुष्पलाल मात्रै त्यस्ता नेता हुन् जसलाई सबैले सम्मान गर्छन् र उहाँको इतिहास अध्ययन गर्छन् । पुष्पलाललाई केन्द्रमा राखेर, उहाँलाई नेता मानेर एकताको प्रयास गरौं । अब अरुको आधारमा एकता हुने अवस्था छैन । म आफैँ त्यसको जिउँदो प्रमाण हुँ ।’

देशमा दलाल पुँजीपतिको वर्चस्व बढ्दै गएको उल्लेख गर्दै प्रचण्डले केही मुठ्ठीभर पूँजीपतिहरू र विचौलियाहरुले राज्य र अर्थतन्त्रलाई ध्वस्त पारिरहेको आरोप लगाए । ‘नेपालमा अहिले दलाल पूँजीपतिहरू र विचौलियाहरूले राज्य कब्जा गर्दै छन्,’उनले भने, ‘आजको विकास र समृद्धिको यात्रामा मुख्य बाधक यही हो । अवस्था दयनीय छ । संघीय निजामती विधेयकमा भएको छेडछाड लाजमर्दो थियो, जसले सांसदहरूलाई समेत अपमानित गरायो ।’

उनले अहिलेको संकटको समाधानका लागि भ्रष्टाचार, दलाल पुँजीवाद र बिचौलिया प्रवृत्तिविरुद्ध सम्पूर्ण शक्तिहरू एक हुने संकल्प गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘आज भोलि दैनिय स्थिती छ । हामी विधायकातिर हेर्छौं । लाजमर्दो छ । अस्ति भर्खरै संघीय निजामती विधेयक माथि छेडखानी सबै सांसदहरु अपमानित हुने गरी चलखेल र छेड्खानी कसले गर्यो ? अहिले भ्रष्टाचार, दलाल पूँजीवादका विरुद्ध सम्पूर्ण एक हुने संकल्प गरौं र कम्युनिष्ट एकता पनि त्यहिबाट सुरु हुन सक्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार