मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

सुनसरीमा अपहरण पीडित बालिका बचाइयो, मुख्य अभियुक्त पक्राउ

Ujyalosandeshonline 12348+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलका कुशेश्वर सदाको ४ बर्षीया छोरीको अपरहण भएको घटनाको  २४ घण्टाभित्र बालिकाको सकुशल उद्दार गरी अपहरणमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका–१२ धरमपुरका जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) रहेका छन् । 

चैत्र २० गते दिउँसो पौने २ बजे ४ बर्षीया छोरी घर अगाडि खेल्ने क्रममा अपरिचित मानिसले सिटि सफारीमा चढाई अपहरण गरी लगेको भनि जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट तत्काल प्रहरी टोली परिचालन गरी खोज तलासको क्रममा चैत्र २१ गते कोशी ब्यारेजको २६ नम्वर ढोकाको पुल माथिबाट बालिकालाई सकुशल उद्दार गरी आफन्तलाई जिम्मा लगाएको छ भने अपहरणमा संलग्न साहलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका साहको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाही भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार