मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

लुम्बिनीका नगरपालिका र सिचुआनको देयाङ नगरसंग मितेरी सम्वन्ध कायम गर्न मुख्यमन्त्री आचार्यको प्रस्ताव

Ujyalosandeshonline 11768+ समाचार ( )
२९ कार्तिक २०८१, बिहीबार

दाङ–चीनको सिचुआन प्रदेशको औपचारीक भ्रमणमा त्यहाँ रहनुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देयाङ नगरलाई लुम्बिनी प्रदेशका नगरपालिकासंग मितेरी सम्वन्ध कायम गरेर अनुभव तथा सहयोग आदानप्रदानलाई अघि बढाउन प्रस्ताव राख्नु भएको छ ।

देयाङ नगरको अवलोकन भ्रमणमा पुग्नुभएका मुख्यमन्त्री आचार्यले नगरका कार्यकारी उपप्रमुख लि च्याङ्ग पो लाई लुम्बिनी भ्रमणको लागि निम्तो समेत दिनुभयो । यसका साथै सो नगर र लुम्बिनी प्रदेशका नगरपालिकाहरुको विचमा मितेरी सम्वन्ध कायम गरेर अघि बढ्ने बारेमा समेत प्रस्ताव राख्नु भएको भ्रमण दलमा सहभागि मुख्यमन्त्रीका स्वकिय सचिव कुशल भुसालले जानकारी दिनुभयो । 

‘सिचुआन प्रदेशमा रहेको देयाङ नगरको अवलोकन भ्रमणपछी भएको छलफलमा मुख्यमन्त्री ज्यूले लुम्बिनी भ्रमण गर्न निमन्त्रणा गर्नु भयो भने प्रदेशका नगरपालिकाहरु संग मितेरी सम्वन्ध कायम गर्ने बारेमा पनि प्रस्ताव राख्नु भएको छ’स्वकिय सचिव भुसालले भन्नुभयो,‘मितेरी सम्वन्ध कायम गरेर अनुभव र सहयोग आदानप्रदान गर्ने बारे सकारात्मक छलफलहरु भएका छन् ।’ 

देयाङ औद्योगिक सहर हो । जहाँ ठूला कम्पनीहरु प्रमुख रुपमा सञ्चालनमा छन् । देयाङ नगरले लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा औपचारीक छलफल कार्यक्रम समेत राखेको थियो । 

जुन कार्यक्रममा युरोप, मध्यपुर्व, एसिया, दक्षिण एसिया लगायतका मुलुकका प्रतिनिधिहरु सहभागि थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका स्थानिय तहसंग मितेरी सम्वन्ध कायम गर्ने प्रस्ताव अघि सार्दै प्रदेश सरकारले त्यसमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

छिमेकी देश चीनको सिचुआन प्रदेशमा आयोजना गरिएको तीन दिने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्य सहित ७ सदस्य प्रतिनिधि मण्डल गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार