मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

आईसीसी यू–१९ विश्वकप : नेपालले भारतसँग खेल्दै

Ujyalosandeshonline 11768+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज भारतसँग खेल्दैछ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउँसो १-४५ बजे हुनेछ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ । 

सुपर सिक्समा यसअघि नेपालले बंगलादेशसँग खेलेको थियो । जसमा नेपाल ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने देखिन्छ । 

तर नेपालको भने यो प्रतियोगिताको अन्तिम खेल हो । नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । 

यसअघि विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएका छन् । दुबै खेलमा नेपालले हारेको छ । नेपाल सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले पराजित भएको थियो । 

आजको खेलबाट नेपाल आफ्नो इतिहासमा नयाँ रेकर्ड बनाउने दाउमा रहनेछ । तर त्यो त्यति सहज भने देखिदैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार