रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा नेकपाद्वारा उम्मेदवारको टुंगो, को कहाँबाट लड्दैछन् ?

Ujyalosandeshonline 12112+ समाचार ( )
५ माघ २०८२, आइतबार

भैरहवा । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक सरगर्मी बढेको छ। यसै सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आफ्ना उम्मेदवारहरूको नाम अन्तिम टुंगो लगाएको छ।

पार्टीले गरेको निर्णय अनुसार रुपन्देहीका सबै क्षेत्रमा उम्मेदवारहरू चयन गरिएको हो। निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीले घनश्याम यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने क्षेत्र नम्बर २ बाट सुवास पाण्डे (विश्वदीप) लाई चुनावी मैदानमा उतारिएको छ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर ३ मा फैज अहमद खानले पार्टीको तर्फबाट उम्मेदवारी दिने भएका छन्। क्षेत्र नम्बर ४ को जिम्मेवारी बाबुलाल यादवलाई दिइएको छ भने निर्वाचन क्षेत्र नम्बर ५ मा मोहम्मद वकील मुसलमानलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाले जनाएको छ । उम्मेदवारहरूको टुंगो लागेसँगै पार्टीले अब जिल्लामा चुनावी अभियानलाई तीव्रता दिने तयारी गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार