मुख्य समाचार
दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर | लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी | संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा | पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन | कर्णालीको खाद्य स्वच्छता समुन्नत हुनुपर्छ | पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल | मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित | कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड | हतियार ह्याण्डलिङ तालिम समापन | चाडपर्व सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीको आग्रह |

नयाँ प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीको सक्रियता: सिद्धार्थनगरमा हरियाली जोगाउन अनुगमन सुरु

Ujyalosandeshonline 12511+ समाचार ( )
२७ अशोज २०८३, मङ्गलबार

भैरहवा । सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्रका राजमार्ग तथा विमानस्थल जोड्ने सडक खण्डमा लगाइएका बोटबिरुवाको अवस्थाबारे पालिकाले अनुगमन गरेको छ । नगरलाई स्वच्छ, हराभरा र सुन्दर बनाउने अभियानसँगै वातावरण संरक्षणमा जोड दिने उद्देश्यले सडक किनारमा रोपिएका बिरुवाहरूको स्थलगत निरीक्षण गरिएको हो। सिद्धार्थनगर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीको आगमनसँगै नगरको वातावरणीय सौन्दर्यीकरण र भौतिक संरचनाको रेखदेखलाई प्राथमिकतामा राखेर यो अनुगमन कार्य अघि बढाइएको हो।

अनुगमनका क्रममा सडक क्षेत्रमा लगाइएका बोटबिरुवाको हालको अवस्था, नियमित स्याहारसम्भार, सिँचाइ व्यवस्थापन तथा तिनको सुरक्षाका उपायहरूबारे विस्तृत जानकारी लिइएको छ। नगरपालिकाले भौतिक विकाससँगै नगरको हरियाली प्रवर्द्धन र सहरी सौन्दर्यीकरणलाई उत्तिकै महत्त्व दिएर काम सुरु गरेको छ। सडक किनारमा रोपिएका बिरुवाहरूलाई संरक्षण गरी जोगाउनु स्थानीय सरकारको दायित्व मात्र नभई समग्र नगरबासीको स्वास्थ्य र स्वच्छ वातावरणसँग जोडिएको विषय भएकाले यसको नियमित हेरचाह र दिगो संरक्षणमा नगरपालिका प्रतिबद्ध रहेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार