मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

ओमसतियामा ‘तेस्रो उपाध्यक्ष कप महिला भलिबल’ सुरु, महिला सशक्तिकरण मुख्य उद्देश्य

Ujyalosandeshonline 12461+ समाचार ( )
५ फाल्गुन २०८२, मङ्गलबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा मंगलबारदेखि ‘तेस्रो उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता’ को औपचारिक सुरुवात भएको छ । स्थानीय महिलाहरूलाई खेलकुदको माध्यमबाट जोड्दै उनीहरूको सशक्तिकरण गर्ने र लुकेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ गाउँपालिकाले यो प्रतियोगिताको आयोजना गरेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले घरभित्रको कामकाज र चुलोचौकोमा मात्र सीमित रहेका दिदीबहिनीहरूलाई घरबाहिर ल्याएर उनीहरूको आत्मविश्वास बढाउनु नै प्रतियोगिताको मुख्य लक्ष्य रहेको बताइन् । उनले महिलाहरूलाई सामाजिक गतिविधि तथा खेलकुदमा पनि अब्बल बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन् ।

प्रतियोगिताका संयोजक कमल प्रसाद शर्माका अनुसार प्रतियोगितामा गाउँपालिकाभित्रका कुल ८ वटा टोलीले सहभागिता जनाएका छन् । जसमा वडा नम्बर १ बाट दुईवटा टोली, अन्य वडाहरूबाट एक–एक वटा टोली र गाउँपालिकामा कार्यरत महिला कर्मचारीहरूको एउटा टोलीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

बुधबारसम्म चल्ने यो प्रतियोगिताले महिलाहरूलाई सामाजिक तथा खेलकुदका गतिविधिमा सक्रिय हुन थप प्रोत्साहन मिल्ने विश्वास लिइएको छ । प्रतियोगिताको उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव र प्रवक्ता मदन प्रसाद पोखरेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार