मुख्य समाचार
चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन | ओमसतिया गाउँपालिकाद्वारा ५१ करोड १० लाखभन्दा बढीको बजेट प्रस्तुत | विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस | जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण | बाजुराको त्रिवेणीमा डीएसपी बोहराको उपस्थितिमा नागरिक सुनुवाई, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा जोड | रास्वपालाई थप समावेशी बनाइँदै | हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी | मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी | याकचाैँरी | जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह |
मुख्य समाचार
चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन | ओमसतिया गाउँपालिकाद्वारा ५१ करोड १० लाखभन्दा बढीको बजेट प्रस्तुत | विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस | जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण | बाजुराको त्रिवेणीमा डीएसपी बोहराको उपस्थितिमा नागरिक सुनुवाई, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा जोड | रास्वपालाई थप समावेशी बनाइँदै | हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी | मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी | याकचाैँरी | जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह |


ओमसतिया गाउँपालिकाद्वारा ५१ करोड १० लाखभन्दा बढीको बजेट प्रस्तुत

Ujyalosandeshonline 11597+ समाचार ( )
८ असार २०८३, सोमबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि  ५१ करोड १० लाख ५४ हजार रुपैयाको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष सुनिता चौधरीले उक्त बजेट तथा कार्यक्रम सभा समक्ष प्रस्तुत गर्नुभएको हो । सहभागिता, समावेशिता, सामाजिक न्याय, पारदर्शिता, दिगो विकास र सुशासनलाई आधार मानेर तयार पारिएको बजेटले गाउँपालिकावासीको आवश्यकता तथा अपेक्षालाई सम्बोधन गर्ने लक्ष्य लिएको चौधरीले जनाउनुभयो । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, वातावरण संरक्षण तथा प्रशासनिक सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ ।

उपाध्यक्ष चौधरीका अनुसार आगामी आर्थिक वर्षका लागि कुल  ५१ करोड १० लाख ५४ हजार रुपैया बराबरको स्रोत व्यवस्थापनको अनुमान गरिएको छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड ८७ लाख रुपैया, सशर्त अनुदानतर्फ १६ करोड १९ लाख र समपूरक अनुदानतर्फ ४० लाख रुपैया प्राप्त हुने अपेक्षा गरिएको छ । त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ८१ लाख ८३ हजार, सशर्त अनुदान १ करोड ५५ लाख र समपूरक अनुदान ७५ लाख रुपैया प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटमा संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत ९ करोड ७८ लाख ६२ हजार, प्रदेश सरकारबाट ९९ लाख ०९ हजार तथा स्थानीय राजस्व बाँडफाँडबाट १ करोड ५० लाख रुपैया प्राप्त हुने प्रक्षेपण गरिएको छ । गाउँपालिकाको आन्तरिक स्रोतबाट ३ करोड ७५ लाख रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ ।

खर्चतर्फ चालु खर्चका लागि ३३ करोड ८९ लाख ३५ हजार रुपैया विनियोजन गरिएको छ भने विकास निर्माण तथा पुँजीगत कार्यक्रमका लागि १७ करोड २१ लाख १९ हजार रुपैया छुट्याइएको छ । गाउँपालिकाले विकास र सेवा प्रवाहबीच सन्तुलन कायम गर्दै बजेट कार्यान्वयन गर्ने नीति लिएको जनाएको छ ।

बजेटले प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित गाउँपालिकाको मुख्य प्रशासकीय भवन निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । भवन निर्माण सम्पन्न भएपछि सम्पूर्ण प्रशासनिक सेवा एकीकृत रुपमा सञ्चालन गरिने र नागरिकलाई सहज तथा छिटो सेवा उपलब्ध गराइने उपाध्यक्ष चौधरीले बताउनुभयो । 

उपाध्यक्ष चौधरीले प्रस्तुत बजेटले गाउँपालिकाको आवधिक योजनाले निर्धारण गरेका लक्ष्य तथा उद्देश्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सुशासनका क्षेत्रमा प्रभावकारी कार्यक्रम कार्यान्वयनमार्फत ओमसतियाको समग्र विकासलाई गति दिने र गाउँपालिकाको आत्मसम्मान तथा गौरव अभिवृद्धि गर्ने बताउनुभयो । 

गाउँसभामा प्रस्तुत बजेटमाथि छलफल गरी आवश्यक सुझावसहित पारित गरिने प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ । यसै गरि सोमबार नै गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले प्रस्तुत गर्नुभएको पालिकाको निति तथा कार्यक्रम सर्वसम्मतिमा पारीत भएको छ । यादवले सभा समक्ष पालिकालाई सुशासित, समृद्ध, प्रविधिमैत्री र नागरिकमैत्री स्थानीय सरकारका रुपमा स्थापित गर्ने लक्ष्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

अध्यक्ष यादवद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीय तहलाई संविधानले प्रदान गरेको अधिकार, दायित्व र जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै गाउँवासीको आवश्यकता र उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

गाउँपालिकाले आम नागरिकको अपेक्षा र दिगो विकासका आधारभूत प्राथमिकतालाई केन्द्रमा राखेर बहुआयामिक योजनाहरू अघि सारेको जनाएको छ । सन्तुलित र समावेशी विकास अन्र्तगत नीति तथा कार्यक्रमले आर्थिक, सामाजिक, भौतिक, वातावरणीय तथा संस्थागत विकासका सम्पूर्ण आयामहरुलाई समेटेको छ ।

अध्यक्ष मन्जित कुमार यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसको सफल कार्यान्वयनका लागि एकल प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्नुभयो । उहाँले स्थानीय विकासको साझा लक्ष्य हासिल गर्न सबै पक्षको साथ आवश्यक रहेको बताउनुभयो । गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमले ओमसतियाको समग्र विकास, समावेशी समृद्धि र दिगो पूर्वाधार निर्माणमा दूरगामी महत्व राख्ने अपेक्षा गरिएको उहाँले जनाउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार