मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

लुम्बिनी विकास कोषका योजना प्रमुखलाई भ्रष्टाचार मुद्दा

Ujyalosandeshonline 12342+ समाचार ( )
२६ चैत्र २०८०, सोमबार

भैरहवा । लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनले भक्तपुरमा खरिद गरेको जग्गाको रकम लेनदेन गर्दा बैंकिङ विवरणबाट कोषमा ठेक्कापट्टाको काम जिम्मा लिने निर्माण कम्पनीबाट ८० लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

इन्जिनियर भट्टराईले भक्तपुरको सूर्यविनायक–७ मा २ रोपनी ९ आना र २ आना १ दाम क्षेत्रफल भएको जग्गा आफ्नी आमाको नाममा खरिद गरेका थिए । उनले पदीय मर्यादा विपरीतका काम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरी आयोगमा परेको थियो । 

अनुसन्धानको क्रममा जग्गा बिक्रेताको बैंक खातामा रकम जम्मा गरेको भौचरबाट लेनदेनको रकम भट्टराईको स्वआर्जन नभइ ठेकेदारले तिरेको खुलेको आयोगको विज्ञप्तिमा छ । आयोगका अनुसार उनले जग्गा खरिद गर्नको लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरबाट लिएको घूस आफूले सोझै नलिइ जग्गा विक्रेता र जग्गा खोजिदिने व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाएका थिए । उक्त रकम ४०÷४० लाख छुट्टाछुट्टै खातामा जम्मा भएको थियो ।  

अनुसन्धानका क्रममा आयोगले लिएको बयानमा भट्टराईले जग्गा खोजिदिने व्यक्तिले प्राप्त गरेको ४० लाखमध्ये ३८ लाख ७ हजार २ सय रुपैयाँ समेत जग्गा विक्रेताको बैक खातामा जम्मा गराएको बताएका छन् । आयोगले कोषका योजना प्रमुख भट्टराईसँगै उनकी आमाविरुद्ध पनि सजायको मागदाबी लिँदै आरोपपत्र दायर गरिएको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार