मुख्य समाचार
पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द | बिमा दाबी गर्न सुनचाँदी चोरीको नाटक | भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित |

धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Ujyalosandeshonline 11511+ समाचार ( )
१२ मंगशिर २०८२, शुक्रबार

जनकपुर । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध  गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । नगर प्रमुख गोइतसहित इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले जनाए अनुसार नगर प्रमुख गोइतसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिन विरुद्ध मुद्दा दायर गरिएको हो । 

आयोगका अनुसार इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालि र उक्त कम्पनीका अध्यक्ष सन्तोषकुमार यादवविरुद्ध पनि मुद्दा दायर भएको हो । उनीहरूले आपसी मिलेमतोमा लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणसहित सौन्दर्य निर्माण गर्ने आयोजनामा २९ लाख ४४ हजार १३७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेका छन् ।

उक्त आयोजना निर्माणका लागि दुई वटा निर्माण कम्पनीले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये सेट स्क्वायर कन्सट्रक्सन प्रालिले ४२ लाख ७४ हजार ५५१ रुपैयाँ बोलकबोल गरेको थियो भने इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिले ७२ लाख २१ हजार ७३० रुपैयाँ बोलकबोल गरेको थियो ।

७५ लाख रुपैयाँको उक्त आयोजनमा कम कबोल गर्ने सेट स्क्वायर कन्सट्रक्सन प्रालिलाई निर्माणको जिम्मा दिनुपर्नेमा आपसी मिलोमतोमा इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिलाई निर्माणको जिम्मा दिएर २९ लाख ४४ हजार १३७ रुपैयाँ हानिनोक्सानी गरेको पाइएको अख्तियारले आरोप पत्रमा दाबी गरेका छन् । कनगर प्रमुख गोइतसहितका व्यक्तिहरूले पदको दुरुपयोऊ गर्दै सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गरेको पाइएकोले जनही २९ लाख ४४ हजार १३७ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार