भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार भएको दुईवटा खेल मध्ये दुबैमा बिभागीय टिमले जित निकालेको छ । जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोश्रो जित निकालेको छ । बुधबार भैरहवामा सुदूरपश्चिमलाई आर्मीले ८ विकेटको फारकिलो अन्तरले हराएको छ ।
११८ रनको विजयी लक्ष्य सहित मैदान प्रवेश गरेको आर्मीले आफ्ना २ ब्याट्सम्यान तिर्थराज दास (३१ रन) र भीम सार्की (१ रन) लाई गुमाउदै १५७ बल बाँकी छदै जित निकालेको हो । आर्मीका लागि सन्तोष कार्कीले ६३ बलको सामना गर्दै १० वटा चौकाको सहयोगमा अविजित ५५ रन बनाए । यस्तै कप्तान बिनोद भण्डारीले २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २० रन बनाए ।
सुदूरपश्चिमका लागि मिलन बोहरा र शेर मल्लले १/१ विकेट लिए ।
यस अघि भैरहवा स्थित सिद्धार्थ रङ्गशालामा टस जितेर ब्याटिङ्ग रोजेको सुदूर पश्चिमले त्रिभुवन आर्मी क्लबलाइ ११८ को लक्ष्य दिएको थियो ।
सुदूरले ४३.३ ओभर खेल्दै सबै विकेटको क्षतिमा ११७ रन बनाएको थियो । ओपनर अर्जुन बिकलाइ सुरुमै गुमाए पछि दबावम रहेको सुदूर त्यसपछी खुलेर खेल्न सकेन । पहिलो विकेट शून्य रनमै गुमाएको सुदूरले दोश्रो विकेट १३ रनमा र तेश्रो विकेट १८ रनमा गुमाएको थियो । किरण ठगुन्ना ३ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्के पछि सुदूरको यात्रा ११७ रनमै रोकिएको थियो ।
सुदूरका लागि निश्चल क्षेत्रीले १२१ बलको सामना गर्दै सर्वाधिक ४९ रन प्रहार गरे । यसै गरि सुनिल चन्दले १६ रन र नारायण जोशीले १६ रन प्रहार गरे ।
बलिङ्गमा आर्मीका साहब आलमले ४, सोमपाल कामीले २ तथा आकाश चन्द, नरेन साउद र बसिर अहमदले समान १/१ विकेट लिए ।
४ विकेट लिनुभएका त्रिभुवन आर्मी क्लबका साहब आलम म्यान अफ द म्याच घोषित भए ।
यसै गरि कोशी प्रदेशले लगातार तेश्रो पराजय व्यहोरेको छ । बुधबार कोशी प्रदेश र नेपाल पुलिस क्लब बिच भएको खेलमा कोशी १५४ रन अन्तरले पराजित भएको छ । यस अघि पनि कोशी मधेश प्रदेश र लुम्बिनी प्रदेशसंग पराजित भएको थियो ।
रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा पुलिसबाट पाएको २८९ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा कोशीको पुरै टिम ३६.२ ओभरमा १३४ रन बनाउदै अलआउट भएको थियो । कोशीका लागि सुजन थपलियले ३३ रन बनाए । उनले ५२ बलको सामना गर्दै २ चौका र २ छक्का प्रहार गरे । यसै गरि अंकित सुवेदीले २१, साकिब हकले १७ रन र फिर्दोश अन्सारीले १० रन बनाए ।
बलिङमा नेपाल पुलिस क्लबका करण केसीले ३, ललित राजवंशी र कुशल भुर्तेले समान २/२ तथा सागर ढकाल, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले समान १/१ विकेट लिए ।
यस अघि रूपन्देहिको एक्स्ट्राटेक ओभल क्रीकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८८ रन बनाएको थियो । उसका लागि ओपनर कुशल भुर्तेलले ७८ बलको सामना गर्दै २ छक्का र २ चौकाको सहयोगमा ६५ रन बनाए । अर्का ओपनर अर्जुन साउदले ३८ रन बनाए । यसै गरि दिपेन्द्र सिंह ऐरीले ३२ रन, गुलशन झा २१ रन र दिलिपनाथले ६१ रन बनाए ।
बलिङमा कोशीका भुपाल लुइटेलले ३ विकेट, प्रकाश कार्कीले २ विकेट, दिपेश कंडेल श्रवण किस्कु र फिर्दोश अन्सारीले समान १/१ विकेट लिए ।
३ खेल खेलेको कोशी प्रदेश तीनवटैमा पराजित हुदै शून्य अंक सहित अंक तालिकाको पुछारमा रहेको छ ।
बिहिबार यस मैदानमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश बिच तथा भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश बिच खेल हुनेछ ।