भारतको सहयोगमा बैतडीको पाटनमा विद्यालय भवन शिलान्यास

Ujyalosandeshonline 2619+ समाचार ( )
२८ वैशाख २०८१, शुक्रबार

काठमाडौं । भारत सरकारको सहयोगमा बैतडीको पाटन नगरपालिका–४ मा निर्माण हुने भूमेश्वर माध्यमिक विद्यालय भवनको संयुक्त रुपमा शिलान्यास गरिएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. ३.१०५ करोड आर्थिक सहयोगमा भवन बन्न लागेको हो । पाटन नगरप्रमुख गौरी सिंह रावल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा विद्यालयलाई आवश्यक अन्य सुविधासहितको दुई तल्ले भवन ब्लक–ए र ब्लक–सीको निर्माण गरिने कार्यक्रममा जानकारी दिइयो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने र बैतडीको पाटन नगरपालिकामार्फत कार्यान्वयन गरिने जानकारी गराइयो ।

कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

भारतले सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५ सय ५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । चारसय ९० वटा परियोजना सम्पन्न भइसकेका छन् ।

यसमध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा दुईवटा परियोजना बैतडीमा छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एक हजार नौं वटा एम्बुलेन्स र तीनसय वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ

जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६८ वटा एम्बुलेन्स र २९ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा पाँचवटा एम्बुलेन्स बैतडी जिल्लालाई उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार