मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

औद्योगिक क्षेत्रको हितका लागि संस्थागत ऐक्यवद्धताको पहल

Ujyalosandeshonline 11768+ समाचार ( )
१५ फाल्गुन २०८०, मङ्गलबार

विराटनगर । पूर्वको औद्योगिक क्षेत्रको हितका लागि विभिन्न संस्थाबीच संस्थागत ऐक्यवद्धताको पहल गरिएको छ ।

उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघ कार्यसमितिका पदाधिकारीसँग छलफल गरी  औद्योगिक क्षेत्रको हितका लागि संस्थागत ऐक्यवद्धताका लागि पहल गरेको हो ।

छलफलका क्रममा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरु मिलेर अघि बढ्दै यस क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि सामूहिक पहल गर्नुपर्ने धारणा राखे । 

उनले वर्तमान समयमा उद्योग–व्यापार क्षेत्र सबैभन्दा बढी प्रताडित भएको वताउँदै समस्या समाधानका लागि संस्थागत एकवद्धतता लागि आग्रह गरे । अध्यक्ष सुरानाले सरकार र निजी क्षेत्र बीचको सहकार्यले मात्र औद्योगिक विकासले गति लिने भएकाले दुवै निकायबीच सकारात्मक सम्वन्ध विकास गर्न निजी क्षेत्रका संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विचार राखे । 

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन शारडाले उद्योग व्यवसायमा छाएको सुस्तताको अन्त्यका लागि औद्योगिक क्षेत्रसँग सम्वन्धित व्यावसायिक संस्थाहरु एकजुट हुनुपर्ने आवश्यकता औल्याए । 

उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको विकास अपरिहार्य रहेको वताए । आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्याहरु समाधानका लागि निजी क्षेत्रका संस्थाहरुले गर्दै आएको पैरवीलाई आगामी दिनमा सामूहिक रुपमा गरी राज्यको ध्यानाकर्षण गर्नुपर्नेमा जोड अध्यक्ष शारडाले दिए । 

यसैगरी, विराट ब्यापार संघका अध्यक्ष अंशु बन्जाराले ब्यापार व्यवसाय दयनीय अवस्थामा भएकाले यसको निकासको बाटो पहिल्याउने विषयमा विराट व्यापार संघ संस्थागत रुपमा सदैव तत्पर रहेको बताए । 

उनले समस्यै समस्याको भुमरीमा जेलिएका व्यावसायिक क्षेत्र बीचको आपसी सम्वन्ध थप प्रगाढ वनाउनु पर्नेमा जोड दिए । 

संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रको सबलीकरणका लागि सामूहिक रुपमा पहल गरी व्यवसायीक विकासको पक्षका सकारात्मक वातावरण बनाउनुपर्ने वताए ।

कार्यक्रममा उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश र विराट व्यापार संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुका साथै महिला उद्यमीहरुको सहभागिता थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार