मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

सिद्धार्थनगरमा माघ २३ देखी एचपीभी खोप

Ujyalosandeshonline 12461+ समाचार ( )
१४ माघ २०८१, सोमबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले यही माघ २३ गतेदेखी पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप एचपीभी (हृयुमन प्यापुलोना भाइरस) लगाउने भएको छ । संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको खोप कार्यक्रमलाई सिद्धार्थनगरले माघ २३ देखी २९ गतेसम्म सचांलन गर्न लागेको हो ।

अभियान अन्तरगत पालिका भित्रका चार हजार दुईसय बिशोरीहरुलाई खोप लगाउनले लक्ष्य लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी न्यौपानेले जानकारी दिए । खोपको लागी ४२ बटा बिद्यालयमा खोप केन्द्र तोकिएको छ । विद्यालय बाहिर रहेका किशोरीलाई खोप केन्द्र सहभागी बनाउने तयारी भएको उनले बताए ।

खोप सचांलनकालागी सिद्धार्थनगर नगरपलिकाका प्रमुख ईस्तियाक अहमद खाँको अध्यक्षतामा सोमवार बसेको पालिका स्तरीय खोप समन्वय समीतीको बैठकले लक्षित समुहका सवै किशोरीहरुसम्म पुग्ने गरी खोप सचांलन गर्ने निर्णय गरेको छ । एचपीभी खोपलाई प्रभावकारी बनाउन बिद्यालय, स्वास्थ्य स्वयं सेविका तथा सरोकारवाला पक्षसगं छलफल तथा अभिमुकिकरण कार्यक्रम पनि राखिएको छ ।

नेपाली महिलाको सबैभन्दा बढीमा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर हो । यो समस्यालाई निराकरण गर्न लक्षित समुह नछुट्ने गरी खोप केन्द्र तोकीएको र सोही अनुसार तयारी गरिएको नगर प्रमुख ईस्तियाक अहमद खाँले जानकारी दिए ।

यो खोप ९ देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरिएको छ । यसरी निश्चित उमेर तोकिनुको कारण यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने भएकाले उमेर समूह तोकिएको हो । किनभने यो भाइरस यौन क्रियाकलापबाट सर्छ । तर यौन क्रियाकलाप नगरेको अवस्थामा २६ वर्ष उमेर सम्मका युवतीलाई खोप लगाउन सकिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार