मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्रधानमन्त्री कप : बगमतिको चौथो जित, शीर्ष स्थानमा उक्लियो

Ujyalosandeshonline 12437+ समाचार ( )
८ माघ २०८०, सोमबार

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा बागमति प्रदेश विजयी हुँदै शीर्ष स्थानमा उक्लिएको छ । मूलपानी मैदानमा सोमबार भएको खेलमा बागमतिले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली प्रदेशले २४.२ ओभरमा सवै विकेट गुमाएर ७८ रनमात्रै बनायो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक २३ रन बनाउँदा निश्चल रावलले १३ रन जोडे । अरु दोहोरो अंकमा रन बनाएनन् भने अतिरिक्त नै १७ रन आएको थियो ।

बागमति प्रदेशका रिजन ढकालले ५ विकेट लिँदा कृजन गुरुङले २ विकेट हात पारे । यसैगरी प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले एक एक विकेट लिए ।

७९ रनको एकदमै झिनो लक्ष्य बगमति प्रदेशले १३ ओभरमा ३ विकेट गुमाएर पूरा गररको थियो । इशान पाण्डेले ४० रन बनाउँदा रविन जोशीले १६ र अशोक पौडेलले ६ रन नटआउट बनाएर खेल जिताए । कप्तान तिर गौतम ८ तथा आशुतोष घिररैयाले ९ रनमा आउट भए । बगमतिले गुमाएका सबै ३ विकेट दिवान पुनले हात पारे ।

जितसँगै बागमतिले ६ खेलबाट ८ अंक बनाएर शीर्ष स्थानम उक्लिदा सुदूरपश्चिम, नेपाल पुलिस र मधेश प्रदश समान ६ अंकसहित शीर्ष चारमा रहेका छन् । कर्णाली प्रदेश भने प्रतियोगितामा २ खेलमात्रै जित्न सफल भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै