मुख्य समाचार
भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव | जुम्लामा २२९ मुद्दा फछ्र्योट |

भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ

Ujyalosandeshonline 12522+ समाचार ( )
तस्बिर:रामहरि न्यौपाने/रासस
१४ भाद्र २०८३, आइतबार

रसुवा । भोटेकोशी नदीमा आज बिहान पुनः आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । यसअघि भदौ १० गतेको अकल्पनीय बाढीले आतङ्कित रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रका बासिन्दामा पुनः आएको बाढीबाट थप डरत्रास थपिएको गोसाइँकुण्ड गाविसका प्रमुख कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो । 

ठूलो आवाजसहित बिहान करिब ३ः३० बजेतिर बाढी आएपछि नदीतटबाट धेरै माथि रहेका धुञ्चेवासीसमेत माथिल्तिर अवस्थित अस्पताल क्षेत्र तथा खेलमैदानमा एकीकृत भई बसेका थिए । अहिले पानीको बहाव घट्न थालेसँगै स्थानीयवासी आआफ्नो घरतर्फ लागेका छन् ।

बाढी आएको थाहा हुनासाथ छिमेकी जिल्ला नुवाकोटमा सम्पर्क गरेको र नुवाकोट प्रशासनले सावधानी अपनाउन ‘माइकिङ’ गरेको जानकारीप्राप्त भएको जिल्ला प्रशासन कार्यालय, रसुवाका सूचना अधिकारीसमेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताउनुभयो । यसैबीच आपत्कालीन अवस्थाका लागि धुञ्चेमा राखिएको नेपाली सेनाको हेलिकप्टर बाढीप्रभावित माथिल्लो नदी तटीय क्षेत्रतर्फ उडेको र पुनः बाढीपछिको क्षतिको विवरण प्राप्त नभएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार