मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


सुरु भयो पहिलो नेशनल हर्टिकल्चर एक्स्पो

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ चैत्र २०८०, शुक्रबार

काठमाडौं । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा पहिलो नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरु भएको छ ।  पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायिक उत्पादनहरुको वृहत प्रदर्शनीको रुपमा प्रथम एक्स्पो आज चैत्र १६ गतेदेखि १९ गते सम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना गरिएको हो । 

उक्त मेलाको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले हर्टिकल्चरको क्षेत्र विकासको लागि जग्गा लिजमा दिनको लागि कानूनहरुको निमार्णको तयारीमा रहेको बताएका छन् । 

उनले भने, ‘यो क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको जग्गाको रहेछ । खास गरेर उपत्यकाभित्र जग्गाको मूल्य नै उच्च रहेको छ । हामीले जसरी अन्य उद्योगको लागि १० वटा कानूनमा सुधार गर्दै छौ, वन मन्त्रालय अन्तरगत, यस्तै जग्गाहरु धेरै बाझो छ, त्यो जग्गा बाहिरका उद्योगीहरुको लागि जग्गा दिन्छौ, त्यसैगरि यसको लागि लिजमा दिने, त्यसको लागि कानूनहरुको निमार्ण गर्दै छौ ।’

यस्तै, उनले वन विभाग अन्तरगत रहेका जग्गा हर्टिकल्चरको लागि आवश्यक हुन्छ भने मन्त्रालयमा सम्पर्क गर्न आग्रह गर्दै यो क्षेत्रको विकासको लागि काम गर्ने विश्वास पनि दिलाएका छन् ।   

देशको माटो र वातावरण राम्रो हुदाहुदैँ पनि फूलहरुको निर्यात गर्नुपरेको भन्दै यो क्षेत्रको विकासबाट रोजगारी पनि सिर्जना गर्न सक्ने पनि उनको भनाई छ । 

उनले भने, ‘हाम्रो देशको माटो र वातावरण यस्तो छ की हामीले फूलहरुको निर्यात गर्नुपर्ने हो । तर यही फूल पनि बाहिरबाट नै आईरहेको छ । हाम्रो देशमा उत्पादनको लागि आवश्यक सबै वस्तु हुदाँ पनि हामीले अधिकांश फूलहरु बाहिरबाट ल्याउनु परेको छ । युवाहरु बाहिर गईरहेका छन्, उहाँहरुलाई रोजगारी दिनको लागि नेपाल सरकार प्रयत्नशिल नै थिएन । अब रोजगारी सिर्जना गर्ने हो भने हर्टिकल्चरको विकास सबैभन्दा बढि हुनुपर्छ ।’ 

मेलामा देशभरीबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी नर्सरीको सातसय भन्दा बढि प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्री वितरणको लागि राखिने छ । साथै मलखाद, अर्गानिक एवं रासायनिक बिषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहेको छ । 

मेलामा ७४ वटा व्यवसायीक स्टल, चारवटा फुड स्टल, सातवटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको पाँच वटा स्टल समेत जम्मा ९० वटा स्टल रहेको छ । 

मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति एकसय रुपैंयाँ र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैंयाँको व्यवस्था गरिएको छ ।

संस्थाले व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गर्ने व्यवस्था पनि गरिएको छ । 

प्रतिस्पर्धाको मूल्यांकन कृषि वागवानी विज्ञ, वनस्पती विज्ञ, साथै माटो तथा पर्यावरण विज्ञ सहितको संलग्नतामा तीन सदस्यीय मुल्याकंन समिति समेत गठन गरेको छ । 

एक्स्पोको अवसरमा लामो समयदेखि निरन्तर नर्सरी व्यवसायको विकासमा टेवा पुर्याउने पुराना व्यवसायीहरु मध्यबाट एक जनालाई ‘दिर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ द्वारा सम्मान गरिनुको साथै नर्सरीसँग सम्बन्धित वस्तु स्वदेशमै उत्पादन गरि आत्मनिर्भर बनाउन व्यवसायीहरुलाई उत्प्रेरणा जगाउने उद्देश्यको लागि नर्सरी व्यवसायी मध्यबाट एक जनालाई ‘वर्षको विशेष उत्पादनमुखी व्यवसायी सम्मान’ द्वारा सम्मान गरिने छ । 

नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा हुन गइरहेको प्रथम नेशनल हर्टिकल्चर एक्स्पी–२०८० को प्रवर्धक संस्थाहरु पुष्प विकास केन्द्र, वनस्पती विभाग, प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवसाय केन्द्र, कृषि तथा पशुपक्षी विकास मन्त्रालय रहेको छ भने विशेष सहयोगी संस्था नेपाल टेलिकम, एजीए एग्रो, कुमारी फ्लोरा फार्म, सुजना एग्रीकल्वर प्रालि रहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार