मुख्य समाचार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ |

शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक दलहरुकै कारण ढिलाइ भयो : ओली

Ujyalosandeshonline 12346+ समाचार ( )
४ वैशाख २०८२, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग(टीआरसी)मा पदाधिकारी नियुक्ति प्रक्रियामा सरकारले काम गरिरहेको बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको छैटौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले आयोगहरुमा पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया अघि बढेपनि राजनीतिक दलहरुकै कारण ढिलाई भइरहेको बताए । 

उनले भने, ‘नेकपा एमालेले एकल सरकार  बनाएर ऐतिहासिक कामहरु गरिसकेको छ । ति ऐतिहासिक कामहरुबाट ग्रसित अस्तित्व संकटमा परेको महशुस गर्दै एमालेलाई त्यसबेला सरबारबाट विस्थापित गरिएको थियो । तर आज हामी शान्ति स्थापनाको अन्तिमतिर सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन जस्ता आयोगहरुमा पदधिकारी नियुक्ती गरेर काम अगाडि बढाउने प्रक्रियामा छौं । यसमा ढिलाइ भनेको द्न्दपीतितहरुको कारणले होइन् । राजनीतिक कारणले नै  ढिलाई भएको छ । अब ढिलाई नगर्ने प्रयास जारी राखेका छौं । पीडितहरुको पीडा हामीले बुझेका छौं । जेल–नेल भोगेर आएकाले पीडा कस्तो हुन्छ हामीलाई थाहा छ ।’

साथै उनले शान्ति प्रक्रियालाई अन्तिम रुप दिँदा द्न्द्पीडितहरु सबैलाई न्याय दिने अहिलेको आयोगहरुको उदेश्य रहेको बताए । उनले आयोगमार्फत काम गरेर  पीडितहरुलाई न्याय दिएर संक्रमणकालीन न्याय दिनका लागि आयोगहरुलाई सक्रिय बनाइने र सबै पीडितहरुलाई न्याय दिइने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार